भूकम्पले भत्काएका संरचनाबाट बटुलेका काठबाट मूर्तिकला (फोटोफिचर)
काठमाडौं – उपराष्ट्रपति नन्दकिशोर पुन आइतबार बबरमहलस्थित नेपाल कला परिषद्को ग्लालरीमा काठको मुढाबाट बनाइएको कला अवलोकन गर्न पुगे । उपराष्ट्रपति पुनले प्रर्दशनीस्थलमा राखिएको टिप्पणी पुस्तिकामा कलाकार भुवन थापा बहुवीको कलाको मुक्तकण्ठले प्रशंसा गर्दै लेखे ‘फ्याकिएको काठको मुढाका कति सुन्दर कला हुदो रहेछ हेरेर छक्क परे । ’
वैशाख १२ को विनासकारी भुकम्पपछि भत्केका संरचनाबाट बटुलेका काठभित्र कलाकार भुवन थापा बहुवीले भेट्टाएको मूर्तिकला प्रर्दशनीको उद्घाटन कार्यक्रमपछि उपराष्ट्रपति पुनले अवलोकन गरेका हुन् । फ्याँकिएको काठ बटुलेर उनले ५६ वटा कलात्मक कृति गतेसम्म प्रर्दशनीमा राखिएको छ ।
प्रर्दशनी कार्यक्रमको उद्घाटनसत्रमा भने उनले भने, ‘म हिजोसाँझसम्म पनि मूर्तिहरु बनाइरहेको थिए । भुकम्पपछि त्रिपालमा बसेर मैले यी मूर्तिहरु बनाएको हुँ’ प्रर्दशनी चैत्र २५ गतेसम्म चल्नेछ ।
यता उद्घाटन सत्रमा बोल्दै उपराष्ट्रपति पुनले यस्ता प्रदर्शनीले मूर्तिकलाको क्षेत्रको विकासमा टेवा पुग्नुको साथै मौलिक कृतिले सामाजिक वैधता प्राप्त गर्ने अवसरको सिर्जना गर्ने विश्वास लिएकोे बताए । ‘यसबाट मूर्तिकारहरुलाई थप आत्मविश्वासका साथ अझ अगाडि बढ्न हौसला मिल्ने विश्वास समेत लिएको छु । नेपाली समसामयिक मूर्तिकलालाई जनस्तर र अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउन सक्ने यस्तोखाले प्रदर्शनीको आयोजना गरेकोमा आयोजक संस्था र मूर्तिकारलाई धन्यवाद दिन चाहान्छु,’ पुनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण