शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

यी हुन् सोमबारदेखि अनुदानको पहिलो किस्ता पाउने आठ जिल्लाका आठ गाविस

आइतबार, २१ चैत २०७२, २० : ०१
आइतबार, २१ चैत २०७२

काठमाडौँ - राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आठ जिल्लाका एक/एक गाविसमा अनुदान प्राप्त गर्ने भूकम्पपीडितको नाम सार्वजनिक गरेको छ ।

अनुदान प्राप्त गर्नेको नाम केन्द्रमा प्राधिकरण, जिल्लामा जिल्ला विकास समिति र गाविस कार्यालयमा आज टाँस गरिएको प्रवक्ता रामप्रसाद थपलियाले राससलाई जानकारी दिनुभयो ।

रामेछापको ओखरेनी, ओखलढुङ्गाको रुम्जाटार, सिन्धुलीको रातमाटे झाँगाझोली, काभे्रपलाञ्चोकको रविओपी, धादिङको मार्पाक, नुवाकोटको खरानीटार, रसुवाको बृदिङ र गोरखाको हंसपुर गाविसमा रु दुई लाख अनुदान पाउनेको विवरण सार्वजनिक गरिएको हो ।

यी गाविसमा सोमबारदेखि अनुदानको पहिलो किस्ताको रकम वितरण सुरु गरिने प्राधिकरणले जनाएको छ । प्राधिकरणले पहिलो किस्तामा रु ५० हजार, दोस्रो किस्तामा रु ८० हजार र तेस्रो किस्तामा रु ७० हजार गरी रु दुई लाख अनुदान सहयोग दिने नीति बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप