जुम्लाका १४ हजार घरधुरीमा सुधारिएको चुलो
जुम्ला - यहाँका १४ हजार ३१० घरधुरीमा सुधारिएको चुलो रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
जिल्ला विकास समिति वातावरण ऊर्जा तथा जलवायु परिवर्तन शाखा कार्यालय जुम्लाले हालसम्म १४ हजार बढी सुधारिएको चुलो वितरण भएको तथ्याङ्क देखाएको हो । विभिन्न सङ्घ, संस्था तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा विभिन्न आर्थिक वर्षमा गरी १४ हजार चुलो वितरण भएको ऊर्जा तथा जलवायु परिवर्तन शाखा जुम्लाका कर्मचारी छपिलाल न्यौपानेले जानकारी दिए ।
न्यौपानेले भने, “सङ्ख्याका हिसाबमा अहिले जुम्लामा १९ हजार घरधुरी छन् तर सुधारिएको चुहो नभएका घरधुरी एक हजारभन्दा बढी छैनन् ।”
यता हिमाली लघुजल उद्यमी सङ्घ (हिमिया) जुम्लाले २०७० साल चैत महिनादेखि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा सुधारिएको चुलो कार्यक्रमअन्तर्गत समुदायलाई उत्प्रेरणा दिँदै आएको छ ।
त्यससँगै सुधारिएको चुलो नभएका परिवारलाई ५० प्रतिशत अनुदान दिन जिल्लाका १२ गाविसमा सर्भे गरिएको हिमिया जुम्लाका कार्यक्रम संयोजक प्रेमप्रसाद उपाध्यायले जानकारी दिए ।
संयोजक उपाध्यायले भन्नुभयो, समुदायलाई आँखा, दम, खोकीजस्ता रोगबाट मुक्त गराउन र वन विनास हुनबाट रोक्न सुधारिएको चुलो वितरण कार्यक्रम सञ्चालनमा ल्याएका छौँ । चुलो प्रयोग गर्नुपर्दछ भन्नेमा जनताको चेतनास्तर पनि माथि बढेको पाइयो ।
यो कार्यक्रमअनुसार हिमियाले शनिगाउँ, धाँपा, विराट, कनकासुन्दरी, मालिकावोता, कनकासुन्दरी, पाण्डवगुफा, तलिउम कुडारी तातोपानी र रारालिही गाविसमा उपलब्ध चुलोको वर्तमान अवस्था, जडान भए नभएको, कहिले जडान गरिएको, त्यसको प्रभावलगायतका कुरामा आधारभूत मापन गरेको छ । हिमियाको सर्भेअनुसार ५ प्रतिशत घरपरिवारमा सुधारिएको चुलो छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण