११ लाख बराबरको बेवारिसे ल्यापटप, मोबाइल बरामद
लहान - सिरहा नगरपालिका–६ स्थित कमला खोलाको बाँधबाट प्रहरीले गएराति ल्यापटप, मोबाइल, इयरफोनलगायतका सामान बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले एचपी कम्पनीको पाँच थान ल्यापटप, डेल कम्पनीको १० थान ल्यापटप, १० थान आइफाइब मोबाइल, १० थान ओनप्लुस मोबाइल, ९० थान इयरफोन, छ थान ल्यापटपको चार्जर, १० थान ¥यामसमेत बेवारिसे अवस्थामा बरामद गरेको हो ।
बरामद भएका सामान करिब रु ११ लाख ४० हजार ५०० मूल्य बराबरको रहेको र उक्त सामान आवश्यक कारबाहीको लागि आजै जिल्ला भन्सार कार्यालय सिरहा माडरमा बुझाएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।
आगलागीमा आधा दर्जन घर जलेर नष्ट
सिरहाको कल्याणपुर–९ मा गएराति आगलागी हुँदा आधा दर्जन घर जलेर नष्ट भएको छ ।
कल्याणपुर–९ स्थित ववन सिंहको घरबाट सुरु भएको आगलागीबाट उहाँको दुई वटा, स्थानीय राजकुमार सिंहको तीन वटा घर र ललन सिंहको एउटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट ववन सिंहको थे्रसर मेसिन, अन्नपात, भाडावर्तनलगायतका सामान जलेर नष्ट हुँदा करिब रु १० लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण