लुगा धुन गएकी महिला त्रिशुलीमा बेपत्ता
सोमबार, २२ चैत २०७२, ०९ : ५६
धादिङ - लुगा धुन गएकी एक महिला दक्षिणी धादिङको पीडा गाविस–१ बन्सेटार नजिकै रहेको त्रिशूली नदीमा डुबेर बेपत्ता भएकी छिन् ।
त्रिशूली नदीमा कपडा धुन गएकी पीडा गाविस निवासी २० वर्षीया सविना तामाङ नदीमा परेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
लुगा धुन गएकी सविना घर नफर्केपछि उनका श्रीमान् सुवास तामाङले प्रहरीलाई खबर गरेका थिए । खबर पाउनासाथ इलाका प्रहरी कार्यालय गजुरी, धादिङको टोली घटनास्थलमा गएको थियो । बगाएको ठाउँमा नदी गहिरो भएका कारण फेला पार्न नसकेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक डासु गिरीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण