संघाइ सेवा ट्रष्टद्वारा विद्यालयलाई १ करोड ५० लाखको सहयोग
वीरगन्ज - गोपाल राय त्रिवेणी देवी संघाइ सेवा ट्रष्टले वीरगन्जको सिद्धार्थ माध्यमिक विद्यालयमा करिब डेढ करोड रुपैयाको लागतमा १२ कोठे भवन बनाइदिने भएको छ । संघाइ सेवा ट्रष्टले विद्यालयमा शौचालय सहितको १२ कोठाको तीन तल्ले भवन बनाइदिने भएको हो । विद्यालय परिसरमा आज आयोजित कार्यक्रममा संघाइ सेवा ट्रष्टका संचालक वीरेन्द्र संघाइ र विद्यालयका तर्फबाट प्रधानाध्यापक राजेश पाण्डेले भवन निर्माणको सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा संघाइ सेवा ट्रष्टले १२ कोठाको तीन तल्ले भवन पाँच महिना भित्रमा निर्माण गरिदिने उल्ल्ेख छ ।साथै नयाँ बन्ने १२ वटै कक्षा कोठाहरुको विद्युतीकरण र सेनिटेशसनको कामका साथै आवश्यक डेस्कबेन्चहरु पनि संघाइ सेवा ट्रष्टले नै उपलब्ध गराइदिने सम्झौता पत्रमा उल्लेख रहेको विद्यालय सहयोग समितिका अध्यक्ष एंव उद्योगपति विजय सरावगीले जानकारी दिए । सम्झौता पत्रमा हस्ताक्षर गर्नका लागि आयोजित कार्यक्रममा बोल्दै संघाइ सेवा ट्रष्टका संचालक वीरेन्द्र संघाइले शिक्षा र स्वास्थ्य क्षेत्रमा आफुले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए । केहि दिने पहिले सिद्धार्थ माविमा स्थलगत अवलोकन गर्ने क्रममा कक्षा कोठाको अभावका कारण विधार्थीहरुलाइ पठपाठनमा समस्या भएको देखेपछि आफुले १२ वटा कक्षा कोठा बनाइदिन लागेको संचालक संघाइले बताउनु भयो ।कार्यक्रममा पर्सा क्षेत्र नम्बर २ का सांसद विचारी यादवले विद्यालयको मुल प्रवेशद्वार निर्माणका लागि संसदीय विकास कोषबाट आठ लाख रुपैयाँ दिने घोषणा आफुले पहिले नै गरिसकेको बताए । पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले वीरगन्जमा धन र मन भएका दाताहरुको कमी नभएको भन्दै संघाइको समाज सेवाको सबैले अनुशरण गर्नु पर्ने बताए । विद्यालय सहयोग समितिका अध्यक्ष विजय सरावगीले विद्यालयमा अहिले दुइ हजार सात सय विधार्थीहरु अध्ययनरत रहेको जानकारी दिदै कक्षा कोठाको अभावमा दुइ सिफटमा विद्यालय संचालन गर्नु पर्ने बाध्यता रहेको बताए । पुराना कक्षा कोठाहरु जीर्ण भइसकेको बताउदै उनले विद्यार्थीहरुको अत्याधिक चापका कारण कक्षा कोठामा अहिले पनि तीन सय डेस्क बेन्चहरु आवश्यक रहेको बताए । संघाइ सेवा ट्रष्टले १२ कोठे भवन बनाइदिएपछि विधार्थीहरुलाइ पठनपाठनमा धेरै राहत मिल्ने भन्दै उहाले एक वर्ष भित्रमा २४ वटा कक्षा कोठा निर्माण गर्ने लक्ष्य आफुहरुको रहेको बताए । कार्यक्रममा प्रधानाध्यापक राजेश पाण्डेले विद्यालय सहयोग समितिका अध्यक्ष सरावगीले विधालयलाइ ६ लाख रुपैया मुल्य बराबरको एक सय वटा डेस्कबेन्च सहयोग स्वरुप उपलब्ध गराइसकेको जानकारी दिए । सरावगीको अध्यक्षतामा भएको आजको कार्यक्रममा वीरगन्ज उद्यो ग वाणिज्य संघका अध्यक्ष प्रदीप केडिया , पुर्व अध्यक्ष अशोक बैद्य , सशस्त्र प्हरी उपरिक्षक भीम बहादुर थापा, उद्योगपति रामअवतार खण्डेलवाल , विश्वनाथ साह , नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जारा, पूर्व सभासद ओम प्रकाश शर्मा ,रामनारायण कुर्मी लगायतको पनि सहभागीता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण