पानामा लिक : पुटिन, सि जिनपिङदेखि मेस्सीसम्मले कर छल्न सम्पत्ति लुकाउने गरेको खुलासा
काठमाडौं – हालै सार्वजनिक भएको गोप्य दस्तावेजले कसरी विश्वका धनी र शक्तिशाली व्यक्तिहरुले ट्याक्स हेभनको प्रयोग गरेर कल छल्न आफ्नो सम्पत्ति लुकाउँछन् भन्ने खुलासा भएको छ । यसरी सम्पत्ति लुकाउनेमा रसियाली राष्ट्रपति भ्लादामिर पुटिन, चिनियाँ राष्ट्रपति सि जिनपिङदेखि हलिउड स्टार ज्याकी च्यान र फुटबल स्टार लियोनेल मेस्सीसम्मको नाम जोडिन आएको छ । विश्वकै गोप्य कम्पनीहरुमध्ये एक मानिएको पानामाको लफर्म मोस्याक फोन्सेकाको १.१ करोड दस्तावेजहरु सार्वजनिक भएको छ । जसमा कम्पनीले आफ्ना क्लाइन्टहरुलाई अवैद्यरुपमा पैसा बाहिर लैजानदेखि कर छल्न सहयोग गरेको पाइएको छ । कम्पनीले भने आफूले कुनै आरोपबिना ४० वर्षसम्म काम गरेको र अहिलेसम्म कुनै आपराधिक काम नगरेको बताएको छ । अहिलेसम्मकै ठूलो अनुसन्धानको रुपमा हेरिएको यो प्रकरणमा १ सयभन्दा बढी मिडिया ग्रुपले अनुसन्धान गरेका छन् । अनुसन्धानपछि यस प्रकरणमा विश्वमा १४० नेता मुछिएका छन् जसमा १२ जना हालका र पूर्व राष्ट्रप्रमुख समेत रहेका छन् । इन्टरनेसनल कन्सोर्टियम अफ इन्फेस्टिगेटिभ जोर्नालिस्ट (आइसीआइजे) का डाइरेक्टर जेरार्ड रायलका अनुसार प्राप्त गोप्य दस्तावेजमा मोस्याक फोन्सेकाको ४० वर्षको दैनिक व्यवसाय उल्लेख छ । ‘जुन मात्रामा हामीले दस्तावेज प्राप्त गरेका छौं । यसले अफसोर कम्पनीहरुका लागि ठूलो धक्का हुनेछ,’ उनी भन्छन् । को–को मुछिएका छन् ? यस प्रकरणमा सबैभन्दा शुरुमा रसियाका राष्ट्रपति भ्दादिमिर पुटिनको नाम जोडिएको छ । उनले अर्बौं डलर अवैद्य रुपमा बाहिर पठाउन ‘मनिलन्डिङ रिङ्ग’ नै सञ्चालन गर्ने गरेको खुलासा भएको छ । यसमा बैंक रोसियाले पुटिन र उनका सहयोगीसँग मिलेर अर्बौंको सम्पति लुकाएको बताइएको छ । दस्तावेजमा कसरी बैंकले सम्पत्ति लुकाउन सहयोग गर्छ भन्ने खुलेको छ ।
त्यस्तै, भ्रष्टाचारविरुद्ध अभियान चलाउने चिनियाँ राष्ट्रपति सि जिनपिङदेखि देशको सुधार गर्न आएको दाबी गर्ने युक्रेनका राष्ट्रपति पेट्रो पोरोसेन्कोदेखि बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनका पितासम्म रहेका छन् । फोब्र्स पत्रिकामा परेका ५०० विश्वकै धनीमध्ये ५० जनाको नाम दस्तावेजमा रहेको छ । चलचित्र स्टार ज्याकी चेनको ६ वटा कम्पनीलाई सो लफर्मले व्यवस्थापन गर्ने पाइएको छ । यसमा फिफाको भ्रष्टाचार काण्डदेखि फिफा वर्ष खेलाडी लियोनेल मेस्सीले कर छलेको दस्तावेज रहेको छ । मेस्सीले मोस्याक फोन्सेकाले सन् २०१२ मा खडा गरेको मेगा स्टार इन्टरप्राइजेज नामक कम्पनी खडा गरेर मेस्सीको सम्पत्ति लुकाउन सहयोग गरेको बताइएको छ । यो कम्पनी हाल स्पेनमा अनुसन्धानमा रहेको छ । त्यस्तै अन्य चर्चित व्यक्तित्वमा सि जिनपिङका देवर देङ जियागुई, मलेसियाका प्रधानमन्त्री नजिब रजाकको छोरा मोहद नजिफुद्दिन, पाकिस्तनका प्रधानमन्त्री नवाज सरिफ लगायत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण