शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

आधा घण्टाको अन्तरालमा दुई भिन्न ठाउँमा भूकम्पको धक्का

सोमबार, २२ चैत २०७२, १६ : १९
सोमबार, २२ चैत २०७२
काठमाडौं – सोमबार बिहान दुई भिन्न स्थानमा भूकम्पको धक्का गएको छ । आधा घण्टाको अन्तरालमा बझाङ र दोलखा केन्द्रविन्दु भएर भूकम्प गएको हो बिहान ९ बजेर ४० मिनेट जदाँ बझाङको सैपाल हिमाल नजिकै केन्द्रविन्दु केन्द्रविन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको हो । यो वैशाख १२ को गोरखा भूकम्पपछिको परकम्प नभएर नयाँ भूकम्प रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । त्यस्तै, दोलखा केन्द्रबिन्दु भएर आज पुनः अर्को परकम्प गएको छ । बिहान १० बजेर १६ मिनेट जाँदा ४।७ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि गत बिहीबार सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ४।० रिक्टर स्केलको परकम्प गएको थियो । गत वैशाख १२ को गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ४४४ परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । केन्द्रका अनुसार दुई भूकम्पबीच कुनै सम्बन्ध रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप