चार लाख घुस लिने सब इन्जिनियरविरुद्ध मुद्दा दायर
सोमबार, २२ चैत २०७२, १३ : ४५
काठमाडौं – बिल भुक्तानी गर्नका लागि घुस लिने गौशाला नगरपालिकाका एक सब इन्जिनियरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । पक्राउ पर्नेमा सब इन्जिनियर शत्रुघन कुमार साह रहेका छन् । उनले महोत्तरी जिल्लाको गौशालाको वडा नम्बर ७ मा रहेको तरकारी बजारमा पिसिसी ढलान गरेको बिल बमोजिमको रकम भुक्तानीका लागि आवश्यक प्रक्रिया बढाउन शाहले सेवाग्राहीसँग ४ लाख ५० हजार घुस रकम लिएका थिए । उनलाई घुस लिइसकेपछि घुस रकमसहित पक्राउ गरिएको थियो । अनुसन्धानपछि भ्रष्टाचार निवारण ऐन ,२०५९ को दफा ३९१० द्वारा परिभाषित कसुर गरेको देखिन आएको आयोगले जनाएको छ । साहविरुद्ध ऐनको दफा ३(१) र ३(१) (घ) बमोजिम हदै सम्मको दण्द सजाय र ४ लाख ५० हजार बिगो मागदावी सहित सोमबार विशेष आदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण