शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

बसन्त चौधरी मोरोक्को अधिराज्यको पदकबाट विभूषित

सोमबार, २२ चैत २०७२, १४ : ०३
सोमबार, २२ चैत २०७२

काठमाडौं – नेपालका लागि मोरोक्को अधिराज्यका मानार्थ अवैतनिक महावाणिज्यदूत बसन्तकुमार चौधरी मोरोक्को अधिराज्यको प्रतिष्ठित पदक “अलाविटी अफिसर विसाम” द्वारा विभूषित भएका छन् ।  चौधरीले नेपाल र मोरोक्कोका जनताबीच आपसी सौहार्दता र द्विपक्षीय मित्रतामा प्रगाढता थप्ने कार्यमा पु¥याएको  योगदान र यी दुई राष्ट्रबीच विद्यमान मैत्रीपूर्ण दौत्य सम्बन्धलाई थप दरिलो पार्न चौधरीले गरेको प्रयासका लागि दिइएको बताइएको छ । काठमाडौंमा सम्पन्न पदक विभूषण कार्यक्रमबीच भारत र नेपालका लागि मोरोक्को अधिराज्यका राजदूत लार्वी रिफोले चौधरीलाई पदक प्रदान गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले नेपाल र मोरोक्को बीच विद्यमान सुमधुर दौत्य सम्बन्धमा थप प्रगाढता थप्न चौधरीले गरेको हर प्रयासबाट आफू अत्यन्तै प्रभावित भएको र सो को सराहना नगरी रहन नसक्ने बताए । कार्यक्रममा चौधरीले सन् २००७ मा मानार्थ वाणिज्यदूतको कार्य सम्हालेयता भएका विविध क्रियाकलापमाथि पनि कार्यक्रममा प्रकाश पारिएको थियो । सन् २०१३ मेमा चौधरी मानार्थ महावाणिज्यदूतमा बढुवा भएका थिए । दुई राष्ट्रबीचको दौत्य सम्बन्ध भने सन् १९७५ मै स्थापित भएको हो । ‘नेपाल र मोरोक्को एक आपसमा भौगोलिक रुपमा निकै टाढा रहेता पनि दुबै राष्ट्रबीच सुमधुर मैत्रीपूर्ण सम्बन्ध रहेको र दुबै देशका जनताहरू एक आपसमा सम्मानजनक व्यवहार गर्छन्,’ चौधरीले भने । मोरोक्को अधिराज्यका राजा मोहम्मद छैटौंको सवल र गतिशील नेतृत्वमा मोरोक्को अधिराज्यले गरेको प्रगति र आधुनिकिकरणको पनि चौधरीले प्रशंसा गरे । विनाशकारी भूकम्प पश्चात् मोरोक्को अधिराज्यबाट १० लाख अमेरिकी डलर राहत सहयोगस्वरुप प्राप्त गराउनुमा राजदूत रिफोले महत्वपूर्ण भूमिका निभाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप