सिटी डेभलपमेन्ट बैंक र ओम फाइनान्स गाभिए
पोखरा - पोखरामा रहेका सिटी डेभलपमेन्ट बैंक लिमिटेड र ओम फाइनान्स लिमिटेड एकआपसमा गाभिई ओम डेभलपमेन्ट बैंक लिमिटेडको नामबाट आजदेखि कारोबार सुरु गरेका छन् ।
विसं २०५७ मा स्थापना भएको सिटी डेभलपमेन्ट बैंक लिमिटेड र विसं २०६४ मा स्थापना भएको ओम फाइनान्स लिमिटेड गाभिएसँगै बैंकको चुक्ता पुँजी रु एक अर्ब पाँच करोड र निक्षेप रु १० अर्ब ८२ करोड पुगेको छ । बैंकको कर्जा लगानी रु ९ अर्ब २२ करोड, ग्राहक सङ्ख्या एक लाख, सेयरधनी १६ हजार २७५, शाखा २५, कर्मचारी २१५ जना र तीन वटा एटिएम भएको सो बैंकका अध्यक्ष सुशीलकुमार गोशलीले जानकारी दिए ।
भूकम्पबाट घरवार बिहीन भएका भूकम्पपीडित परिवारलाई दुई प्रतिशत सहुलियत दरको आवास कर्जाको आह्वानपत्र तनहुँका गमबहादुर आलेमगर र लमजुङका दलबहादुर गुरुङलाई वितरण गरियो । बैंक पोखरालाई प्लास्टिक र गिलासमुक्त सहर बनाउने अभियानमा साझेदारको रुपमा काम गर्न सहमत भएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण