अध्यादेशबाट न्यायाधीश नियुक्ति वा संसद् सिध्याउन आँट्यो भन्ने हल्ला मात्र : प्रधानमन्त्री
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशबाट न्यायाधीश नियुक्ति वा अवधि रहँदै संसद्को चुनाव हुनेजस्ता हल्लाको पछि नलाग्न आग्रह गरेका छन् ।
एमालेको केन्द्रीय कार्यालय धुम्बाराहीमा आज आयोजित तत्कालीन पोलिटब्युरो सदस्य तथा लुम्बिनी अञ्चल इञ्चार्ज रामनाथ ढकालको प्रथम वार्षिक स्मृति सभामा प्रधानमन्त्री ओलीले भने – “अध्यादेशबाट न्यायाधीश नियुक्ति हुन लाग्यो वा संसद् सिध्याउन आँट्यो भन्ने हल्लाको पछि लाग्नुपर्ने छैन । सरकारले सगरमाथाको मुलुकको शिर निहु¥याउन नदिने गरी मुलुकका वास्तविक समस्या सम्बोधन गर्न लाग्नेछ ।”
व्यवस्थापिका–संसद्को नियमावली बन्न ढिलाइका कारण संसदीय सुनुवाइ समिति गठन नभएको र हाल संसद् अधिवेशन आह्वान नभएकाले सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिमा ढिलाइ भइरहेको छ ।
एमालेका अध्यक्षसमेत रहनुभएका ओलीले खडा गरिएका नक्कली समस्या र व्यवधानलाई पराजित गर्दै एमाले र सरकार अघि बढ्ने दृढता व्यक्त गर्दै भने – “एकता, सुदृढ र गतिशीलताका साथ एमाले अघि बढ्ने छ ।”
ढकालको एक वर्षअघि ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । दिवङ्गत ढकाल देशका सेवक, साहसी, गतिशील र असाधारण नेताका रुपमा उनले स्मरण पनि गरे ।
पार्टीका महासचिव ईश्वर पोखरेलले निष्ठा, निरन्तरता र दृढताको पार्टी एमालेमा ढकालजस्ता योद्धाको सङ्कल्प पूरा गर्न लाग्नुपर्ने बताउँदै राष्ट्रिय राजनीतिको नेता र मियो पार्टीका रुपमा एमालेलाई उभ्याउँदै अघि बढ्न आग्रह गरे।
नेपाली जनताले आफ्नो निर्णय आफैँ गर्न पाउनुपर्छ भन्ने मान्यता बोकेर सरकार र पार्टीको नेतृत्व पङ्क्ति मुलुकको आत्मनिर्भरताका पक्षमा क्रियाशील रहनु नै ढकालप्रतिको सच्चा श्रद्धाञ्जलि हुने उनले बताए ।
पोखरेलले भने – “संविधानको प्रभावकारी कार्यान्वयनको पक्षमा नउभिनेहरुले ढकालप्रति श्रद्धाञ्जलि दिन सुहाउँदैन । आजको महत्वपूर्ण प्रश्न संविधानको प्रभावकारी कार्यान्वयनको पक्षमा कोही उभिन्छ कि उभिँदैन भन्ने हो । यसको पक्षमा उभिनेहरु सच्चा एमाले हुन सक्छन् ।”
“हामी छिमेकीसँगको सन्तुलित सम्बन्ध विस्तार गर्दै अब भारतवेष्टित होइन भूपरिवेष्टित मुलुक भएको कुरा व्यावहारिक रुपमा सिद्ध गर्न लागिरहेका छौँ,” उनले भने ।
कार्यक्रममा एमाले लुम्बिनी अञ्चलका इञ्चार्ज वैजनाथ चौधरी, राजधानी अञ्चल कमिटीका इञ्चार्ज सानु श्रेष्ठ, लुम्बिनीका सहइञ्चार्ज खिलाल भट्टराई, एमाले लुम्बिनी अञ्चल सम्पर्क कमिटीका अध्यक्ष थानेश्वर बस्याललगायतले ढकालले लोकतान्त्रिक आन्दोलन र पार्टीको लोकप्रियताका लागि गर्नुभएको योगदानबारे प्रकाश पारेका थिए ।
ढकालका पिता माता र परिवारका सदस्य उपस्थित कार्यक्रममा ढकालबारे आगामी छ महिनाभित्र एक स्मृति ग्रन्थ प्रकाशन गर्ने घोषणा गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण