सडकमा अवरोध गर्न नदिन गृहमन्त्री बस्नेतको निर्देशन
सोमबार, २२ चैत २०७२, १६ : ४५
चितवन - गृहमन्त्री शक्तिबहादुर बस्नेतले कुनै पनि बहानामा कसैलाई पनि सडक बन्द गर्न नदिन स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।
चितवन जिल्लाका कार्यालय प्रमुखलाई आज यहाँ निर्देशन दिँदै उनले अब सडक पाँच मिनेट पनि बन्द गर्न पाइँदैन सोहीअनुसार स्थानीय प्रशासनले काम गर्नुपर्ने बताए ।
सडक बन्द हुँदा हुने नोक्सानी निकै ठूलो भएको र त्यस्तो नोक्सान पु¥याउने अधिकार कसैसँग नरहेको उनको भनाइ थियो ।
मन्त्री बस्नेतले सबै राजनीतिक मुद्दासमेत वार्ता र छलफलमार्फत समाधान हुने हुँदा अब सडक अवरुद्ध गर्नुपर्ने अवस्था नरहेको बताए । जिल्लाको शान्ति सुरक्षा र अमनचैनमा कति पनि विचलित नभई काम गर्न निर्देशन दिँदै उनले देशमा संविधान बनिसकेकाले संविधान कार्यान्वयनका लागि सहयोग पु¥याउन आग्रह गरे ।
संविधान जारी भएपछि आउने पहिलो बजेटलाई सदुपयोग गरेर संविधान कार्यान्वयनमा सहयोग पु¥याउन पनि उनले आग्रह गरे । कार्यालय जनमुखी र उत्तरदायी हुनुपर्ने भन्दै उनले कर्मचारीकै कारण अब जनताले दुःख पाउन नहुने बताए । उनले जिल्ला प्रशासन कार्यालयबाट गरिएको अनुगमनका क्रममा भेटिएका कमी कमजोरीलाई तत्काल सच्याइनुपर्ने बताए । विचौलियाको प्रभावमा नपरी जनताको कामलाई उच्च प्रथामिकतामा राख्न पनि उनले कर्मचारीलाई निर्देशन दिए ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण