चोरी भएको मोटरसाइकलसहित लामाद्वय पक्राउ
बनेपा - भक्तपुरबाट चोरी भएको मोटरसाइकलसहित दुई जनालाई प्रहरीले आज काभ्रेपलाञ्चोकमा पक्राउ गरेको छ । बा४२प ३८४ नंको पल्सर मोटरसाइकलसहित काभ्रेपलाञ्चोकको मादनकुडारी गाविस–३ बस्ने २८ वर्षीय समीर लामा र सोही ठाउँ बस्ने १९ वर्षीय कुन्दन लामालाई चोरी भएको ११ दिनपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो । जिल्लाको कात्तिके देउराली गाविस–६ स्थित सडकखण्डमा फेला परेको बेवारिसे सो मोटरसाइकलबारे खोजी गर्दा उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेका लामाद्वयले गत १० गते भक्तपुरको सूर्यविनायक नगरपालिकामा राति ९.३० बजे सो मोटरसाइकल चोरेको प्रहरीसमक्ष स्वीकार गरेका छन् । चोरी गरेको स्थान भक्तपुर भएको उल्लेख गर्दै प्रहरीले आज नै चोरी भएको मोटरसाइकलसहित दुवै जनालाई महानगरीय प्रहरीवृत्त भक्तपुर पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण