नाइजेरियाका मस्ट वान्टेड अलकायदाका नेता पक्राउ
सोमबार, २२ चैत २०७२, १७ : ५९
कोगी – अल्कायदासँग सम्बन्धित रहेको अतिवादी समूह अन्सारुको नेता नाइजेरियामा पक्राउ परेको अधिकारीहरुले बताएका छन् । सैनिक प्रवक्ताका अनुसार खालिद अल–बर्नावी कोगी राज्यको राजधानी लोकोजाबाट पक्राउ परेका हुन् । अमेरिकाले खालिदलाई सन् २०१२ मा विश्वकै मस्ट वान्टेड आतंकवादीको सूचीमा राख्दै उनको टाउको मूल्य ५ मिलियन डलर तोकेको थियो । अन्सारु नाइजेरियाको कुख्यात जिहादी समूह बोको हरामबाट छुट्टिएर बनेको समूह हो । यो समूह विदेशीहरुलाई अपहरण गर्नमा कुख्यात थियो । अलकायदासँग नकिज मानिएको यस समूहमाथि धेरै विदेशीहरुको हत्याको आरोप छ । यस समूहले सन् २०१२ मा नाइजेरिको राजधानी अबुजामा रहेको कारागारमा आक्रमण गर्दै कैदीहरुलाई छुटाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण