अल्छीहरुका लागि खुसीको खबर : आयो आफैँ सफा हुने कपडा
धुन अल्छी मान्नेहरुका लागि यो उपाय निकै प्रभावकारी हुने बताइएको छ । वैज्ञानिकहरुले प्रकाश देखाउने बित्तिकै आफै सफा हुने कपडा तयार भएको बताएका छन् । यस्तो फ्याब्रिकलाई केवल ५ मिनेट घाममा राख्ने बित्तिकै आफैँ सफा हुन्छ । सन् १९५१ को कमेडी चलचित्र द म्यान इन द व्हाइट सुटमा देखाइएको पात्रले गर्ने क्रियाकलापसँग वैज्ञानिकहरुले गरेको काम मेल खान्छ । यस चलचित्रमा सर एलेक गिनिजले वैज्ञानिकको भूमिका निर्वाह गरेका छन् । उनले त्यस्तो कपडा बनाउँछन् जून न कहिल्यै फोहर हुन्छ न त यसलाई शरीरबाट उतार्नै पर्छ । मेलवर्नका अनुसन्धानकर्ताहरुले यस्तै गुण भएको प्रभावकारी फेवरिक बनाएको बताएका छन् । आरएमआईटी विश्वविद्यालयले गरेको यो कामको अहिले सबैले प्रशंशा गरेका छन् । तर अहिल्यै यो व्यापारिक प्रयोगमा नआउने भएका कारण वासिंग मेसिन बिस्थापित नहुने डाक्टर राजेश रामनाथनले बताएका छन् । हामीले वासिंग मेसिन फाल्नुअघि यो प्रविधिमा अझै धेरै काम गर्न बाँकी रहेको बताए । अनुसन्धानकर्ताहरुले तामा र चाँदी मिश्रित संरचनाको प्रयोगबाट यस्तो कपडा तयार पारेका हुन् । तामा र चाँदीले देखिएको प्रकाशलाई सोस्ने काम गर्छन् । भविष्यमा गोलभेडाको सस र वाईनबाट पनि यस्तो प्रविधिको परिक्षण गरिने डाक्टर रामनाथनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण