शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गुम्बा विकास समितिका पूर्वअध्यक्ष भन्छन्, ‘मनमोहनदेखि गिरीजासम्मले आश्वासन मात्रै दिए, काम भएन्’

सोमबार, २२ चैत २०७२, १९ : ४२
सोमबार, २२ चैत २०७२

गुम्बा विकास समितिका पूर्वअध्यक्ष आङबावु लामा केहि दिनअघि क्यानाडामा भेटिए । सोलुखुम्बुका आङबावुले लामो समय गुम्वा विकास समितिमा बसेर काम गरेका छन् । मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला पहिलोपटक गुम्बा विकास समितिको अध्यक्ष भएर काम गरेका लामाले अधिकारीसहित पाँच जना प्रधानमन्त्रीसँग गुम्बाको विकासको लागि छलफल गरे । पटक–पटक फेरिने प्रधानमन्त्रीहरुलाई कुर्सीमा बस्नासाथ गुम्बा विकासबारे ध्यानाकर्षण गराउने आङबावु सबैले ‘क्याविनेटमा लान्छु भन्ने तर काम नगर्ने गरेको’ गुनासो गर्छन् । रातोपाटीका क्यानडा सहमर्की गोकर्ण लामिछानेले लामासँग बौद्ध धर्म, गुम्बा विकास र क्यानडा भ्रमणबारे गरेका कुराकानीका सम्पादित अशंः

तिब्बतियन जिजु–बाजे म १९९९ सालमा जन्मेको । मेरा जिजु बाजेहरु तिब्बतबाट आएका हुन् । परिवारमा मैले मात्रै लामा भेष लगाएर लामा काम गरेको हैन, जिजु–बाजेहरु पनि लामा पेशामा लागेका थिए । पहिलेका पुस्ता लामा भएकाले मलाई लामा हुन प्रेरित गर्यो ।

सोलुखुम्बुमा खेतीपाती कमै हुन्थ्यो, त्यसैले हाम्रो आर्थिक अवस्था खासै राम्रो थिएन, तर नराम्रो पनि होइन् । त्यतिवेला हाम्रो समुदायमा लामा धर्म पढ्नुलाई राम्रो मान्थ्यो, त्यसैले बुवा आमाले स्कुल पठाउनुभएन् । पन्ध्र–सोह्र बर्षको उमेरदेखि मैले घरमै बसेर बौद्ध धर्मसम्बन्धी अध्ययन थालेँ । बाहिरी मुलुकमा गएर पनि धर्म सम्बन्धी अध्ययन गरेको छु । धर्म र कर्म सँधै काँधमा हुन्छ भन्ने पहिलेदेखि नै सुनेको थिएँ । राम्रो काम गर्दा धर्मको फल पाईन्छ, स्वर्ग जान पाईन्छ । नराम्रो काम गरे नर्कमा पुगिन्छ भनेर पहिल्यैदेखि सुनेको हुनाले हामी धर्मतिर लाग्यौं ।

बुद्धिष्टहरुले स्वीकारीसके धर्म निरपेक्षता अहिले नेपाललाई धर्म निरपेक्ष राज्य घोषणा गरिएको छ । बुद्धिजम समुदायले पनि धर्मनिरपेक्षतालाई स्विकार गरेको अवस्था छ । पञ्चायती कालमा बौद्ध धर्मको प्रवद्र्धनका लागि अफिस खुलेको थियो । हिन्दु राज्यले पनि बौद्धलाई हेला गरेको थिएन । गुम्बा विकास समितिमार्फत गुम्बा र लामाहरुको लगत लिने काम भएको थियो, अहिले पनि त्यो जारी छ । बौद्ध धर्मको विकासका लागि त्यतिवेला पनि धेरै काम भए अहिले राजनितीक दलहरु धेरै भएपछि केहीले नेपाल हिन्दु राज्य नै हुनुपर्छ भनेका छन् ।

घरमा स्व. अध्ययन गर्दागर्दै बुद्ध धर्मसँग प्रभावित भएँ । २०३७ सालमा बुबा बितेपछि वंशज धर्म भएकाले मैले लामा भेष लगाएर उहाँको दाहसंस्कार गरेँ । बुबाको गुम्बा थियो, त्यसपछि गुम्बाको सवै जिम्मा मेरो काँधमा आयो । गुम्बामा विद्यार्थीलाई पढाउने र जजमानको घरमा काम गर्ने मेरो काँधमा आयो, अहिलेसम्म त्यहि काममा क्रियाशिल छु । टुरिष्ट साईडमा हाम्रो गुम्बाको शाखा धेरै थियो, म गुम्बा प्रमुख भएँ । त्यो सँगसँगै अखिल नेपाल हिमाली संघमा आवद्ध भर काम गरेँ ।

बुबाको अर्को जन्म ‘औतारी’ ०३८ मा मेरो बुबाको मेरो अर्को जन्म भयोे, गुम्बामा वुबाको औतारी भनेर चढाएँ । मेरो वुबाको चेलाहरु खोटाङ संखुवासभा तथा भोजपुर जस्ता धेरै ठाउँमा थिए, त्यसकारण बुबाको चेलाहरु कुन कुन जिल्लामा छन् भनेर निरीक्षण गर्न गएँ । ति गुम्बाहरु कत्तिको ब्यवस्थीत छन्, पुजा आजा कसरी चलेको छ भनेर निरीक्षण गरेँ, अधुरो र अपुरो गुम्बाहरुका लागि तालिम दिएँ, लामा विद्यालय खोलें । पहिले १६ जना विद्यार्थिहरुलाई खाने बस्ने ब्यवस्थासहित पढाउन शुरु गरेर पछि मैले ४५ जना विद्यार्थिहरु पढाएँ ।

०५१ सालमा काठमाडौं आएँ । मनमोहन प्रधानमन्त्री हुँदा सिपी मैनाली स्थानीय विकासमन्त्री थिए त्यतिबेला म गुम्बा विकास समितिको अध्यक्ष भएँ । पाँच जना प्रधानमन्त्री फेरिँदासम्म अध्यक्ष नै भएँ । नयाँ प्रधानमन्त्री बहाली हुनासाथ हामी सवैजना भेट्न जानुपथ्र्यो ।

सबै पिएमले भने, ‘मैले एक्लै सक्दिनँ, क्याविनेटमा लान्छु’ नयाँ प्रधानमन्त्री निर्वाचित हुनासाथ गुम्बा विकास समितिका तर्फबाट हामी भेट्न जाँन्थ्यौं । धेरै गुम्बा छन्, क्षती भएका र मर्मत गर्नुपर्नेहरुलाई आर्थिक सहयोग बढाएर दिनुस, स्थायी नियम बनाएर गुम्बाहरुको विकास गरौं भनेर निकै लागिपरेँ । स्थानीय विकासमन्त्रीमार्फत मन्त्रीमण्डलमा पनि प्रस्ताव राख्यौं, तर पास भएन् ।

पाँच पटक प्रधानमन्त्री फेरिँदा जो प्रधानमन्त्री आउँथे हामीले सवैलाई गुम्बा विकासका लागि ध्यानाकर्षण गराउँथ्यौं । तर उनीहरुले आश्वासन राम्रो दिन्थे । ‘मैले मात्रै गरेर हुँदैन क्याविनेटमा लान्छु’ भन्थे । क्याविनेटमा लगे कि लगेनन् थाहा भएन् तर हामिले भनेजस्तो काम कहिल्यै भएन् । यसरी म साँढे चार बर्ष गुम्बा विकास समितिको अध्यक्ष भएर काम गरेँ ।

गुम्बा विकास समितिको अध्यक्ष र दुर्गम क्षेत्र विकास समितिको अध्यक्षको अफिश स्थानीय मन्त्रालयमा हुन्थ्यो । बस्ने कोठा राम्रै थियो, तर कर्मचारी बस्ने ठाउँ राम्रो थिएन । जस्ताको छाने थियो, कागजपत्र र दराज थिए, पानी पर्दा छाता ओढेर काम गर्नुपर्ने अवस्था थियो । त्यसैले हामीले दुर्गम क्षेत्र विकास समिति र गुम्व विकास समितिको अफिशका लागि छुट्टै योजना मागेर ब्यवस्थीत कार्यालय निर्माण गर्यौं ।

म गुम्बा विकास समितिको अध्यक्ष हुनुअघी लामाको तलव निर्धारण हुनुपर्छ भनेर कसैले कुरा उठाएको थिएन् । हामिले विनीयम बनाएर बौद्ध धर्म पढाउने लामाहरुको पनी तलव निर्धारणको सिफारीश गर्यौं तर मन्त्रालयबाट कुनै निर्णय भएन् ।

शान्ति खोज्दै क्यानडादेखि अमेरिकासम्म अखिल नेपाल हिमाली महाबौद्ध संघको अध्यक्ष भएर मैलै १६ बर्ष काम गरेँ । ०५१ भन्दा अगाडी नै महाबौद्ध संघको अध्यक्ष भैसकेको थिएँ ।

यसपाली सोलुखुम्बुको हाम्रो गुम्बामा १२ अक्षर जप गर्नुपर्ने भयो । भुकम्पले गुम्बामा क्षती पुगेको छ, त्यसैले बज्रगुरु जप र प्रचारका लागि क्यानडा आएको छु । धेरै गुम्बाहरु भुकम्पले क्षती पुग्यो, बज्रगुरु जप गरेमा शान्ति हुन्छ भनेर क्यानडामा आर्थिक लगायतका सहयोग संकलनका लागि आएको हुँ ।

यहाँबाट फर्केपछि सोलुखुम्बु जिल्लामा रहेको मेरो गुम्बामा चैत २५ गतेदेखि लगातार १३ दिन पुजा हुन्छ । जप गर्नका लागि विदेशबाट ठुला ठुला लामाहरु आउनुहुन्छ ।

विदेशमा राम्रो साथ सहयोग पाएका छौं । भुकम्पले गर्दा अझै सहयोगमा कमी आयो । यहाँबाट अमेरिका जान्छु अनि विस्तारै नेपाल फर्कन्छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप