शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नयाँ शक्तिले राष्ट्रव्यापी जनपरिचालन गर्ने, मुमारामको नेतृत्वमा समिति गठन

सोमबार, २२ चैत २०७२, १९ : ५३
सोमबार, २२ चैत २०७२

काठमाडौं–बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले राष्ट्रव्यापी रुपमा जनपरिचालन गर्ने भन्दै मुमाराम खनालको नेतृत्वमा ११ सदस्यीय समिति गठन गरेको छ ।

‘विशेष राजनीतिक नविकरण अभियान’ दिएको सो समितिमा मुमाराम खनालसहित रामेश्वर खनाल, केशव दाहाल, गणेश राई, डा. केशवमान शाक्य, करिश्मा मानन्धघर, डा. प्रविण मिश्र, सुनिता मरिक डोम, पासाङ शेर्पा, सुरेन्द्र चौधरी र गंगा श्रेष्ठ रहेका छन् ।

सोमबार बसेको नयाँ शक्तिको सचिवालय बैठकले निर्वाचन तहसम्म केन्द्रिय परिषद् सदस्यहरु एक महिनाको लागि संगठन विस्तार अभियान लिएर जाने निर्णय गरेको छ । त्यस्तै सचिवालय सदस्यले जिल्ला संयोजकहरुलाई सघाउने निर्णय गरिएको नयाँ शक्तिले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप