शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एकसाताभित्र मलेसियामा ४ नेपालीको मृत्यु

सोमबार, २२ चैत २०७२, १९ : ५७
सोमबार, २२ चैत २०७२

क्वालालम्पुर–मलेसियामा यो साता ४ जना नेपालीले ज्यान गुमाएका छन् । गत मङलबार भएको सवारी दुर्घटनामा २ जना नेपालीको ज्यान गएको थियो भने अन्य दुर्इ जनाको आकस्मिक मृत्यु भएको हो ।

मलेसियाको काजाग भन्ने ठाउँमा मंगलबार राती भएको सवारी दुर्घटनामा गोरखा बुङकोटका अन्दाजी ३४ वर्षका रामशरण थापा र मोरङ सलकपुर घर भएका अन्दाजी २४ वर्षका लोकमान कार्कीले ज्यान गुमाए । पाचँ जना चढेको कार सडक दुर्घटनामा परेको हो ।

घाइते भएका अन्य तीन जनाको काजाग अस्पतालमा उपचार गरिएको थियो । दुवै जनाको शव सेर्डाङ् अस्पतालमा पोष्टमार्टम गरिएको छ ।

यस्तै ड्युटी जाँदै गर्दा बाटोमा लडेर अर्का एक नेपालीको घटनास्थलमै ज्यान गएको छ । मलेसियाको क्वालालम्पुर नजिकै किरिन्चीमा बिहीबार बिहान करिव सात बजे ड्युटी हिँडेका निस्दि (३, वाग्लुङका ३५ वर्षिय धनबहादुर बुढा मगरको घटनास्थलमै ज्यान गएको हो । काम गर्नको लागि कम्पनीतर्फ जाने गाडी चढ्न लाग्दा उनी सडकमा एक्कासी लडेका थिए । लड्दा उनको शरिरको अगाडिको भाग सिमेण्टको प्लास्टरमा परेको थियो ।

साथीहरुले उठाउने प्रयास गर्दागर्दै घटनास्थलमै उनको ज्यान गएको बताइएको छ । बुढामगर छ महिना अगाडि मात्र मलेसिया आएका थिए । बुढामगर, आरसी इन्जीनियरिङ कम्पनीमा कन्ट्रक्सनको रुपमा काम गर्दै आएका थिए ।

उनको शव क्वालालम्पुरस्थित यूनिभर्सिटी अस्पतालमा पोष्टमार्टम गरिएको छ ।

त्यसैगरी मलेसियाको जोहर राज्यको पीटीपीमा रहेको फ्लेक्स ट्रोनिक कम्पनीमा कार्यरत बर्दियाका सोम बहादुर मगरको सुतेको अवस्थामै मृत्यु भएको छ । ड्यूटीबाट फर्केर कोठामा सकुशल सुतेका मगर शनिबार बिहान अबेरसम्म नउठेपछि उनलाई बोलाउन गएका साथीले मृत अवस्थामा भेटेको उनकै कम्पनीमा कार्यरत मोरङका कमल आचार्यले जानकारी दिए । मगरको शव जोहरको सुल्तान अस्पतालमा पोष्टमार्टम भैसकेको छ । पछिल्लो समय मलेसियामा सुतेकै अबस्थामा मृत्यु हुनेको संख्या बढिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप