पोखरामा भेटियो मृतावस्थामा बाघ
सोमबार, २२ चैत २०७२, २० : ००
पोखरा– लेखनाथ नगरपालिकाको–६ को अर्चले र कालिका गाविस–३ गडुवा खोलाको मुहान नजिक वनको कुनामा मृतावस्थामा एक बाघ भेटिएको छ ।
करिब चार पाँच दिन अगाडि मरेको वयस्क बाघलाई स्थानीयवासीले दाउरा काट्न जाँदा आज मात्र देखेपछि प्रहरीलाई खबर गरेका थिए । “सुरुमा बाघ देखेपछि हामी त डरायौं तर पछि दुई चार जनाको सहयोगमा हल्लाखल्ला गर्दै गएर हेर्दा त बाघ मरेको देखेपछि सुरक्षा निकायलाई खबर गरेका हौँ” वनका हेरालु बाबुराम पौडेलले बताए ।
डाँडाको नाक प्रहरी चौकीका प्रमुख मित्रबहादुर भण्डारीको नेतृत्वमा स्थानीयवासीको सहयोग लिएर गएको प्रहरीसहितको टोलीले स्थलगत अवलोकन गर्दा बाघ भिरबाट खसेर आफैँ घाइते भएको र पछि मरेको निष्कर्ष निकालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण