विद्युत् चुहावट नियन्त्रणका लागि उच्चस्तरीय समिति बनाउन युनियनको माग
काठमाडौँ–नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियनले विद्युत् चुहावटलाई न्यून गर्न एक उच्चस्तरीय विद्युत् चुहावट नियन्त्रण र अनुगमन समिति गठन गर्न माग गरेको छ ।
प्राधिकरणको हाल चुहावट २५ प्रतिशत रहेको अवस्थालाई न्यूनीकरण गर्नसके त्यसबाट उपभोक्ताले राहतको महसुस गर्ने भएकाले त्यसमा ध्यान दिन आग्रह गरिएको युनियनका अध्यक्ष रामेश्वर पौडेलले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुसार आगामी वैशाख महिनालाई चुहावट नियन्त्रण महिनाका रुपमा मनाउन पनि आग्रह गरिएको उनले जानकारी दिए ।
माग र आपूर्तिबीचको असन्तुलन हटाउन नदी प्रवाहमा आधारित आयोजनाको साथसाथै जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माणमा जोड दिनुपर्ने आग्रह गर्दै युनियनले जलाशययुक्त आयोजनामा जनस्तरबाट लगानीका सम्भावना न्यून हुने भएकाले बूढीगण्डकी, दूधकोसी, तमोर, नलसिंहगाड, उत्तर गङ्गाजस्ता आयोजना राज्यको लगानीमा अघि बढाउन आग्रह गरेको छ ।
युनियनले हाल सञ्चालित जलविद्युत् केन्द्रमा सामान्य मर्मतसम्भारबाट उत्पादन बढ्नसक्ने अवस्था छ भने सोको अध्ययन गरी अधिकतम् क्षमतामा जलविद्युत् केन्द्र सञ्चालन गर्न, प्राधिकरण र यसका सहायक कम्पनीमार्फत निर्माणाधीन आयोजना भूकम्प र भारतीय नाकाबन्दीका कारण इन्धन अभाव भई अवरुद्ध भएका आयोजना छिटोभन्दा छिटो निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्ने तहमा पु¥याउन पनि आग्रह गरेको छ ।
यस्तै युनियनले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, राष्ट्रिय बिमा संस्थान, प्रहरी तथा सैनिक कल्याणकारी कोषलगायतसँग भएको वित्तीय स्रोतको परिचालनबाट सस्तो र आकर्षक जलविद्युत् आयोजनामा कम्तीमा ६० प्रतिशत सरकारको स्वामित्व रहने गरी प्राधिकरणको नेतृत्वमा जनताको सहभागितामा अगाडि बढाउन माग गरेको छ ।
विदेशी मुद्रामा विद्युत् खरिद सम्झौता गर्दा विदेशी मुद्राको सटही दरमा आउने परिवर्तनबाट हुने जोखिम प्राधिकरणले मात्र व्यहोर्नुपर्ने प्रचलनको अन्त्य गर्नसमेत युनियनले जोड दिएको छ ।
युनियनको १०औँ महाधिवेशनले रामेश्वर पौडेलको अध्यक्षतामा ६५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । युनियननले आज जारी गरेको विज्ञप्तिअनुसार वरिष्ठ उपाध्यक्षमा रामकुमार थेवे, उपाध्यक्षमा राजेश नेपाल, शोभा चित्रकार थापा, धनेश्वर यादव, नवराज भट्ट, हरिनारायण यादव, जयबहादुर सिंह र डिल्लीराज बेल्वासे निर्वाचित भएका छन् ।
यस्तै महासचिवमा भूमिनन्द अर्याल र सचिवमा कपिल गौतमलगायत पाँच जना निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण