शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गाविस सचिव आन्दोलनः लगत सार्वजनिक भएन

मङ्गलबार, २३ चैत २०७२, ०८ : १३
मङ्गलबार, २३ चैत २०७२

नुवाकोट– गाविसका सचिवको आन्दोलनका कारण राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माणका लागि सङ्कलन गरेको लगत सार्वजनिक भएको छैन ।

प्राधिकरणको केन्द्रले नुवाकोटको रातमाटेमा आइतबार नै लगत सार्वजनिक गरे पनि गाविस सचिवको असहयोगको कारण प्रक्रिया अघि बढेको छैन । प्राधिकरण उपक्षेत्रीय कार्यालय नुवाकोटका उपप्रमुख लालबहादुर बस्नेतले गाविस सचिव खरानीटारको विवरण बुझ्न नआएका कारण पुनःनिर्माणको काम अघि बढ्न नसकेको बताए । गाविस हकहित संरक्षण केन्द्र पुनःनिर्माणको काममा गाविस सचिवलाई नलगाउन माग गर्दै आन्दोलनमा उत्रिएको छ । केन्द्रको नुवाकोट शाखाले पनि गाविसको काममा सहभागी नहुने जनाएको छ । माग पूरा नभएसम्म पुनःनिर्माणसम्बन्धी कुनै पनि काम नगर्ने गाविस सचिव हकहित संरक्षण केन्द्र नुवाकोटले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप