लामो समयको अन्तरालपछि आज बस्दैछ एमाले पोलिटब्युरोको बैठक
मङ्गलबार, २३ चैत २०७२, ०८ : १५
काठमाडौँ– लामो समयको अन्तरालपछि नेकपा एमालेको पोलिटब्युरोको बैठक मङ्गलबारदेखि पार्टी केन्द्रीय कार्यालय, धूम्रबाराहीमा बस्दैछ ।
यही चैत २७–३० मा काठमाडौँमा केन्द्रीय कमिटीको बैठक तय भएको सन्दर्भमा पोलिटब्युरो बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत र चीन भ्रमणको समीक्षा, सरकारको प्रभावकारिता, संविधानको कार्यान्वयन, पार्टीका विभाग र अञ्चल कमिटीमा सदस्य मनोनयन लगायत विषयमा छलफल हुने बुझिएको छ ।
स्थायी कमिटीको चैत १७ गतेको बैठकमा केन्द्रीय विभाग र सल्लाहकार समितिमा मनोनयनबारे छलफल भए पनि विवादका कारण निर्णय भएको थिएन । स्थायी कमिटीको यसअघिको निर्देशनबमोजिम केन्द्रीय सचिवालयले गृहकार्य गरी महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेकोे प्रस्तावमा केही नेताले असन्तुष्टि जनाएका थिए । सोबारे सहमति जुटाउन एमालेका शीर्ष नेताबीच अनौपचारिक छलफल भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण