शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

४० वर्षपछि सडकको ट्रयाक खुल्यो

मङ्गलबार, २३ चैत २०७२, ०८ : २३
मङ्गलबार, २३ चैत २०७२
पाल्पा–पञ्चायतकालीन समयका मन्त्री काशीनाथ गौतमले शिलान्यास गरेको सालझन्डीदेखि बल्ढेङ्गढी हुँदै जुठापौवा जोड्ने सडकको ट्रयाक खोल्ने कार्य झन्डै ४० वर्षपछि पूरा भएको छ । बजेट अभावका कारण अलपत्र बनेको सो सडक पाल्पा क्षेत्र नं ३ का सांसद हरिप्रसाद नेपालको पहलमा आफ्नो निर्वाचन क्षेत्रमा लागू भएको सडक निर्माण योजनाअन्तर्गत रु पाँच करोड सडकमा खर्चिएपछि ट्रयाक खुलेको हो । सडक कार्यालयको प्राविधिक रेखदेखमा सञ्चालित ३४ किलोमिटर लम्बाइ रहेको यस सडकखण्डको ट्रयाक खोल्ने कार्य सँगसँगै चौडा गर्ने कार्यसमेत एकै पटक भएको छ । सडकको समस्याले यहाँका स्थानीयलाई सदरमुकाम तानसेन आवतजावत गर्न रुपन्देहीको सालझन्डी हँुदै बुटवल भएर जानुपर्ने बाध्यता सदाका लागि अन्त्य भएको बल्ढेङ्गढीका स्थानीयबासी देवेन्द्र पुनले बताए । सडकको उद्घाटन गर्दै सांसद नेपालले पहिलो पटकमा ट्रयाक खोल्ने र दोस्रो पटकमा चौडा गर्ने, ग्राभेल गर्ने र बजेटलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । सडक कार्यालयका प्राविधिक नवराज विकका अनुसार निर्माण व्यवसायीसँग भएको ठेक्का सझौताअनुरुपको कार्य पूरा हुनेछ । बहुवर्षीय योजना भएकाले आगामी वर्षमा सडकको स्तरोन्नति गर्ने कार्यक्रम रहेको विकले बताए । सडकको समस्याले बिरामीलाई समयमा उपचारका लागि अस्पताल पु¥याउन नपाउँदा अकालमा ज्यान गुमाएका यहाँका स्थानीयमा सडक खुलेसँगै खुसी छाएको छ । सडक असुविधाले यहाँका धेरै स्थानीय बसाइँ सरेर अन्यत्र गएको झपेन्द्र खड्काले बताए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप