पर्यटनमा एकजुट भएर अगाडि बढ्न नाटोज- टूर्गान सहमत
काठमाडौं– टुरिष्ट गाइड एसोसिएसन अफ नेपाल (टूर्गान)ले नाटोजको नवनिर्वाचित केन्द्रिय कार्यसमितिलाई बधाई तथा शुभकामना प्रदान गरेको छ । टूर्गान केन्द्रिय कार्यलय कमलादिमा भएको कार्यक्रमका बिच टुर्गान अध्यक्ष नगेन्द्र चन्दले नवनिर्वाचित नाटोज केन्द्रिय कार्यसमितिलाई बधाई ज्ञापन गरे । उक्त कार्यक्रममा टूर्गान अध्यक्ष नगेन्द्र चन्दले सुदुरपश्चिममा पर्यटनको प्रचुर संभावना रहेको र त्यहाँका पर्यटकीय गन्तब्यहरुलाई प्रचारप्रसारमा ल्याउन तथा पहिचान गर्नका लागि नाटोज र टूर्गान एक भएर अगाडि बढ्नुपर्ने बिचार ब्यक्त गरे । साथै उनले सुदुरपश्चिमको पर्यटकीय स्थल खप्तडको प्रचारप्रसारको लागि आगामि जेठमा नाटोज समिति र टुर्गानको कार्यसमितीले त्यस क्षेत्रको भ्रमण गरी त्यसको प्रचारप्रसारमा योगदान पु¥याउने बताए । साथै उक्त कार्यक्रममा नाटोजका केन्द्रिय अध्यक्ष शिव अधिकारीले नाटोज पर्यटन क्षेत्रको उत्थानका लागि नै स्थापना गरिएको हुनाले टुर्गानसँग सहकार्य गरी आफुहरु अघि बढ्न तयार रहेको बताए । नाटोज देशभरिकै पर्यटन पत्रकारहरुको आधिकारीक र ठुलो संस्था भएकाले अनर्गल प्रचारप्रसारका पछाडि नलाग्न समेत उनले पर्यटन ब्यावसायीलाई आग्रह गरे । उक्त कार्यक्रममा अध्यक्ष अधिकारीले लुम्बिीनी, बिराटनगर र चितवनमा पनि नाटोजको नयाँ च्याप्टर घोषणा गरीने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण