फोहर पानीका कारण एसएलसी विद्यार्थीमा झाडापखाला
जाजरकोट– यहाँको दशेरा गाविसको वडा नं ३ स्थित जनप्रिय उच्च माविमा एसएलसी परीक्षा दिइरहेका ६१ जना विद्यार्थीको झाडापखालाको उपचार गरिएको छ ।
परीक्षा केन्द्रका केन्द्राध्यक्ष शेरबहादुर अधिकारीसहित चार जना शिक्षकलाई समेत झाडापखाला लागेपछि उपचारपछि स्वास्थ्य सुधार भएको अधिकारीले बताउनुभयो । यो समाचार तयार पार्दासम्म ५९ जनाको उपचार गरिएको जाजरकोटका प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिए ।
दशेरा स्वास्थ्य चौकी इन्चार्ज नवीना कँडेलका अनुसार फोहर पानी खाएका कारण विद्यार्थीमा झाडापखाला सङ्क्रमण देखा परेको हो । जिल्लाको सबैभन्दा बढी विद्यार्थी दशेरा परीक्षा केन्द्रमा रहेको तर पानी नहुँदा जस्तो पायो त्यस्तै खाँदा यस्तो समस्या आएको कँडेलले बताइन् ।
गाउँमा पानीको धारा नभएका कारण खोलाको पानी एक घन्टा लगाएर ड्रममा बोकेर विद्यार्थीलाई खुआउँदा यस्तो चुनौती देखिएको हो ।
झाडापखालाका बिरामीको सङ्ख्या बढ्ने हो भने औषधि पनि अभाव हुने स्वास्थ्य संस्थाले बताएको छ । यता जिल्ला स्वास्थ्य कार्यालयले थप जाँचका लागि टोली पठाउन लागेको महामारी फोकल व्यक्ति कृष्णबहादुर खत्रीले जानकारी दिए । यहाँ परीक्षा दिने विद्यार्थी बस्ने र खाने कुराको अभावमा निकै समस्यामा परेको केन्द्राध्यक्ष अधिकारीले बताए ।
जिल्लाको जगतीपुर परीक्षा केन्द्रमा पनि झाडापखाला देखिएको विद्यार्थीले बताएका छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण