पानामा लिक प्रकरण : कालोलाई सेतो धन बनाउने खेलको भित्री कथा
काठमाडौँ – आफुसँग रहेको सम्पत्ति, आफ्नो आय वा व्यवसायबापत राज्यलाई तिर्नुपर्ने कर छली गरेर सकेसम्म कम कर तिर्नेहरुको संख्या विश्वभर निकै बढी छ भन्ने कुरा नौलो होइन । अझ विश्वभर विभिन्न व्यक्ति, वा व्यवसायले कर छल्ने गरेको खबर पनि नौलो होइन ।
तर, यसपटक भने विश्वमाझ नै प्रख्यात रहेका नेता, खेलाडी वा व्यवसायीहरुले समेत निकै ठुलो रकम कर छलेको र कालोधनलाई ‘सेतो’ बनाउने गर्ने गरेको खुलासा भएको छ । ‘ट्याक्स हेभन’ अर्थात ‘करको स्वर्ग’ प्रयोग गरेर विश्वका शक्तिशाली व्यक्तिहरुले कसरी कर छलेका छन् भन्ने तथ्य सहितको दस्तावेज सार्वजनिक भएको हो ।
खोजी पत्रकारहरुको अन्तराष्ट्रिय संस्था इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट (आइसिआइजे) ले ‘ट्याक्स हेभन’ कोे प्रयोग गरी कसरी कर छली भएको छ भन्ने तथ्यलाई हालसालै सार्वजनिक गरेपछि यसले विश्व अर्थतन्त्र बजारलाई तताएको छ । संस्थाले पानामास्थित एक व्यावसायिक फर्म ‘मोस्याक फोन्सेका’ को १ करोडभन्दा बढी दस्तावेजहरु सार्वजनिक गर्दै यस्तो तथ्य बाहिर ल्याएको हो ।
संस्थाले विभिन्न कम्पनीले कसरी पैसा देश बाहिर लैजान्छन्, वा ‘ट्याक्स हेभन’ को प्रयोग गरेर कसरी कर छल्छन् भन्ने तथ्य बाहिर ल्याएको हो । संस्थाले विशेषगरी ब्रिटिस भर्जिन आइल्यान्डस, पनामा, सिंगापुर लगायतका अन्य कर छुट हुने देशहरुमा कर छल्ने नियतका साथ छायाँ कम्पनी खडा गरी व्यवसाय गर्ने र मोटो रकम बराबरको कर छल्ने गरेको खुलासा गरेको हो । संस्थाले कुल २ सय देशका २ लाख १४ हजार कम्पनीबारे विभिन्न तथ्य सार्वजनिक गरेको थियो । ती कम्पनीहरुसँग जोडिएका १ सय ४० नेता र सार्वजनिक पधाधिकारीले कर छल्ने नियतका साथ काम गरेको खुलासा गरेको छ । विश्वमै चर्चित व्यक्ति मुछिए हाल एकाएक चर्चामा आएको यो प्रकरणमा विश्वका ठूला मानिएका विभिन्न व्यक्तिहरुसमेत मुछिएका छन् । रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनदेखि भ्रष्टाचारविरुद्ध अभियान चलाउने चिनियाँ राष्ट्रपति सि जिनपिङ र देशको सुधार गर्न आएको दाबी गर्ने युक्रेनका राष्ट्रपति पेट्रो पोरोसेन्कोसम्मको नाम यो प्रकरणमा जोडिएको छ । बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनका पितासम्म यो प्रकरणमा मुछिएका छन् । रसियन राष्ट्रपति भ्लादिमिर पुटिनले अर्बौं डलर अवैध रुपमा आफ्नो देश बाहिर पठाउन ‘मनिलन्डिङ रिङ्ग’ नै सञ्चालन गर्ने गरेको संस्थाले खुलासा गरेको छ । यसका लागि बैंक रोसियाले पुटिन र उनका सहयोगीसँग मिलेर काम गरेको तथ्य बाहिर आएको छ । यो प्रकरणमा चलचित्र स्टार ज्याकी चेन पनि मुछिएका छन् । साथै फिफाको भ्रष्टाचार काण्डदेखि फिफा वर्ष खेलाडी लियोनेल मेस्सीले कर छलेको दस्तावेज समेत सार्वजनिक गरिएको छ । मेस्सीले ‘मोस्याक फोन्सेका’ले सन् २०१२ मा खडा गरेको मेगा स्टार इन्टरप्राइजेज नामक कम्पनी खडा गरेर मेस्सीको सम्पत्ति लुकाउन सहयोग गरेको उक्त दस्तावेजमा उल्लेख गरिएको छ । त्यस्तै सि जिनपिङका आपन्त देङ जियागुई, मलेसियाका प्रधानमन्त्री नजिब रजाकको छोरा मोहद नजिफुद्दिन, पाकिस्तनका प्रधानमन्त्री नवाज सरिफ लगायतले पनि कालो धनलाई सेतो बनाएको, देश बाहिर पैसा लुकाएको लगायतका विभिन्न तथ्यहरु पनि सार्वजनिक भएका छन् । आइसिआइजे सार्वजनिक गरेको दस्तावेजमा विभिन्न शक्तिशाली देशका मन्त्रीहरु, तीनका सहयोगीहरुलगायत पनि मुछिएका छन् । यसरी विश्वभरका शक्तिशाली व्यक्तिहरु मुछिएको करसँग सम्बन्धित यो सबैभन्दा बलियो दस्तावेजको रुपमा लिइएको छ । सार्वजनिक लिंकमा नेपालसम्बन्धी तथ्य छैन विश्वभरका शक्तिशाली व्यक्तिहरुले कसरी कर छल्छन् भन्ने तथ्य सार्वजनिक भइरहंदा उक्त दस्तावेजमा नेपालसँग सम्बन्धित भने कुनै तथ्य छैन । यद्यपी ‘ट्याक्स हेभन’ प्रयोग गरेर नेपालमा लगानी भएका केहि कम्पनी भने नेपालमा संचालित छन् । आइसिआइजेले सार्वजनिक गरेको दस्ताबेजमा नेपालका कुनै पनि व्यक्ति वा व्यक्तिसँग जोडिएका घटनाहरु सार्वजनिक भएका छैनन् । यद्यपी विकिलिक्सले सार्वजनिक गरेको ‘पनामा पेपर्स म्याप’ मा भने नेपालका सात जना सेयरहोल्डर रहेको उल्लेख छ । यद्यपी ती सात जना को हुन् भन्ने स्पष्ट पारिएको छैन । तर, ‘ट्याक्स हेभन’ मापÞर्mत लगानी गरी नेपालमा संचालित भएका कम्पनीलाई जोडेर केहि नेपाली कम्पनी वा व्यक्तिको नाम भने यो प्रकरणसँग सम्बन्धित हुनसक्ने विश्लेषण गरिएको छ । दस्तावेजहरुको मुख्य स्रोत पानामास्थित एक व्यावसायिक फर्म ‘मोस्याक फोन्सेका’ सार्वजनिक भएका दस्तावेजहरुको मुख्य स्रोत मानिएको छ । यो फर्मले ‘ट्याक्स हेभन’ कम्पनीहरु दर्ता गर्ने र त्यससँग सम्बन्धित अन्य सेवाहरु दिंदै आएको छ । त्यहाँ काम गरिरहेका केहि कर्मचारीहरुले ती दस्तावेजहरु सार्वजनिक गरेको बताइएको छ ।उक्त कम्पनीबाट ठूलो संख्यामा दस्तावेजहरु चुहिएपछि विश्वभरका पत्रकारहरुले ती दस्तावेजहरु माथि करिव ८ महिना लामो अध्ययन गरेका थिए । संगठित रुपमै आइसिआइजेले उक्त दस्तावेजहरुको अध्ययन गरेपछी ती तथ्यांकहरु हालसालै सार्वजनिक गरिएको हो । वासिङ्टनमा कार्यलय रहेको आइसिआइज बीबीसी, द गार्जियनदेखि भारतीय पत्रिका इन्डिएन एक्सप्रेस लगायतका सहकार्यमा यो खोज गरेको हो । ४० बर्षका काजजातमाथि ३ सय ७० पत्रकारले काम गरेका थिए । ७६ देशका १ सय ९ संचारगृहसँग संचारगृहहरुले सामूहिक रुपमा यसरी एकैपटक खोज गरेका थिए ।
नेपालका दस्तावेज होलान् त आइसीआइजेमा ?
विश्वभरका ६० बढी देशका खोज पत्रकारिता गर्ने पत्रकारहरुको संस्था आइसिआइजेसँग नेपालसँग सम्बन्धित तथ्यहरु छन् वा छैनन् भन्ने अर्को बहसको विषय बनेको छ । उक्त संस्थामा २८ जना भारतीय पत्रकारहरुसमेत प्रत्यक्ष रुपमै क्रियाशील रहेकाले पनि नेपालसँग सम्बन्धित तथ्य पनि उक्त संस्थामा हुन सक्ने तथ्य केहि करविज्ञहरुले बताएका छन् । भारतीय मिडिया ‘इन्डियन एक्प्रेस’ आइसिआइजेको पार्टनर मिडियाको रुपमा रहनु र इन्डियन एक्सप्रेसले बेला बेलामा नेपालका कतिपय जटिल मुद्धाहरुलाई पनि प्रकाशमा ल्याउने गरेकाले उक्त संस्थामा नेपालसँग सम्बन्धित तथ्यांक पनि हुन सक्ने करविज्ञहरुको अनुमान छ । यद्यपी, अहिले उक्त संस्थाले सार्वजनिक गरेको दस्तावेजमा नेपालसँग सम्बन्धित कुनै तथ्य बाहिर आएको छैन् ।
‘ट्याक्स हेभन’ र नेपालमा लगानी नेपालमा संचालित केहि कम्पनीहरु पनि ‘ट्याक्स हेभन’ सँग जोडिएका छन् । अनुसन्धानमा ‘ट्याक्स हेभन’ नेपालका सात लगानीकर्ता रहेको देखाइएको छ । तर, ती यी हुन् भन्ने तथ्य भने बाहिर आएको छैन् ।
स्वामित्व हस्तान्तरणमा कर लाग्छ वा लाग्दैन भन्ने विषयले निकै चर्चामा आएको मोबाइल सेवा प्रदायक एनसेलको ८० प्रतिशत सेयर रहेको कम्पनी ‘रेनल्डस् होल्डिङस’ ‘ट्याक्स हेभन’ मा दर्ता भएको कम्पनी हो । यहि ‘ट्याक्स हेभन’ मा दर्ता भएकै कारण पनि टेलिसोनेरा र एक्जिएटाबीच भएको स्वामित्व परिवर्तनको कुरालाई लिएर नेपालमा कर लाग्छ वा लाग्दैन भन्ने विषयले केहि समयअघिदेखि चर्चा पाउँदै आएको छ ।
‘ट्याक्स हेभन’ मानिएको अर्को देश ब्रिटिस भर्जिन आइल्यान्डसबाट आएको साढे तीन अर्व रुपैयाँ पनि विवादमा तानियो । यो ‘ऋण’ मा आएको भनिएको पैसासँग अजय सुमार्गीको नाम जोडिएको छ । उनले मुक्तिश्री समूहका नाममा ब्रिटिस भर्जिन आइल्यान्डसबाटै आएको साढे तीन अर्ब रुपैयाँ ऋणलाई नेपाल राष्ट्र बैँकले रोक्का गरेको छ । जोधा इन्भेष्टमेन्ट कम्पनीले मुक्ति श्री सिमेन्ट उद्योगका नाममा रकम पठाएको थियो ।
नेपाल भेन्चर्स पेरुमा काम गरिरहेको ठुलो कम्पनी हो । यसमा एमाले नेता रधुवीर महासेठको लगानी छ । उनको युनाइटेड टेलिकममा लगानी छ ।
यता केहि ठुला मानिएका अस्पताल पनि ‘ट्याक्स हेभन’ मै दर्ता भएका छन् । उपेन्द्र महतोको लगानी रहेको ग्रान्डी अस्पतालमा ५१ प्रतिशत सेयरहोल्डर रेवान बिजनेस लिमिटेडको छ, जुन ब्रिटिस भर्जिन आइल्यान्ड्समा नै दर्ता भएको कम्पनी हो । विवादास्पद सेरोगेसी विजनेस प्रकरणमा पनि मुछिएको थियो, यो अस्पताल ।
यसबाहेक चर्चामा नआएका तर ‘ट्याक्स हेभन’ मा दर्ता भएका अन्य कम्पनीहरुपनि नेपालमा संचालन भइरहेको हुनसक्ने नेपाली करविज्ञहरुको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण