शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

१० सिख धर्मावलम्बी हत्याको आरोपमा ४७ प्रहरीलाई जन्मकैदको सजाय

मङ्गलबार, २३ चैत २०७२, १० : ३२
मङ्गलबार, २३ चैत २०७२

काठमाडौं – सन् १९९१ मा १० सिख धर्मावलम्बीको हत्याको अभियोगमा ४७ प्रहरी अधिकारीहरुलाई भारतको विशेष अदालतले जन्मकैदको सजाय सुनाएको छ । यस मामिलामा आरोपी अन्य १० प्रहरी अधिकारीहरुको भने निधन भइसकेको छ । उनीहरुमाथि फर्जी इन्काउन्टर गरेर गैरन्यायीक हत्याको साथै त्यसलाई जायज देखाउन खोजेको आरोप लगाइएको छ । भारतमा आपराधिक न्यायको व्यवस्था फितलो भएको कारण इन्काउन्टर बढी हुनेगर्दछ । जसमा यस्ता मुद्दालाई रफादफा गरिन्छ । २५ वर्षअघि सिख परिवार उत्तरी भारतमा रहेको धार्मिकस्थलको भ्रमणपछि उत्तर प्रदेशमा बसबाट यात्रा गरिरहेका थिए । पिलिबिट भन्ने स्थानमा पुगेपछि बसमा यात्रा गरिरहेका पुरुषहरुलाई बसबाट उतारेका थिए । त्यसपछि अन्य प्रहरी अधिकारीहरु पनि मिलेर उनीहरुलाई जंगलमा लगेर गोली हानेर हत्या गरेका थिए । पछि, प्रहरीले उनीहरु सशस्त्र विद्रोही भएको दाबी गरेका थिए । त्यतिबेला सिख समूहले छुट्टै राज्यको लागि आन्दोलन गरिरहेका थिए । सिबिईका अनुसार प्रहरीले पुरस्कारको लागि सो हत्या गरेका थिए । हत्या गरिएकाहरुका परिवारजनले सजाय निकै कम भएको भन्दै मृत्युदण्डको माग गरेका छन् । ‘हामी यो निर्णयबाट खुसी छैनौं । उनीहरुलाई मृत्युदण्डको सजाय दिनुपर्छ । हामी यसबारे मुद्दा हाल्छौं,’ उक्त घटनामा मारिएका बलिजितसिंह कौरकी पत्नी बलविन्दर जित कौरले इन्डियन एक्सप्रेससँग कुरा गर्दै बताएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप