शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एमालेको स्थायी समिती बैठक सुरु

मङ्गलबार, २३ चैत २०७२, ११ : १८
मङ्गलबार, २३ चैत २०७२
काठमाडौं–नेकपा एमालेको स्थायी समितीको बैठक पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा शुरु भएको छ । स्थायी समितीको बैठक सकिएपछी पोलिटब्युरो बैठक बस्ने नेताहरुले बताएका छन् । यसअघी गत चैत १७ गते बसेको स्थायी समितीको बैठकमा केन्द्रिय विभाग र सल्लाहकार समितीमा मनोनयनबारे छलफल भएपनी विवाद बढेपछी निर्णय हुन सकेको थिएन । यसबारे संस्थापन पक्ष र माधव नेपालबिच मतभेद छ । आगामी चैत २७ देखी शुरु हुने केन्द्रिय समितीको बैठकअघी एमालेको स्थायी समिती र पोलिटब्युरो बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्रीको भारत र चिन भ्रमणको समिक्षा, सरकारको प्रभावकारीता, संविधानको कार्यान्वयन, पार्टीका विभाग र अञ्चल कमिटिका सदस्य मनोनयन लगायका विषयमा छलफल हुने बताईएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप