शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संसदीय दलको नेताका लागि देउवा र पौडेलको उम्मेदवारी दर्ता

मङ्गलबार, २३ चैत २०७२, ११ : ४१
मङ्गलबार, २३ चैत २०७२

काठमाडौं– काँगेसको संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदव्वारी दिएका छन् । संसदीय दलको कार्यलय सिंहदरवार पुगेर उनीहरुले उम्मेदवराी दर्ता गराएका हुन । देउवाको प्रस्तावकमा फरमुल्ला मन्सुर छन् भने समर्थकमा पद्मनारायण चौधरी छन् । पौडेलको प्रस्तावकमा प्रकाशमान सिंह छन भने महामन्त्रीमा शशांक कोइराला छन् । उम्मेद्वारी दिदै पौडेलले संवाददाताहरुसँग भने, ‘न्यायोचित जिम्मेवारीको बाँडफाँड आजको आबश्यकता हो । यसका लागि सभापतिले पहल गर्ने विश्वास लिएको छ ।

काँग्रेसको हिजो बसेको केन्द्रीय समिति वैठकले दलको विधान परिमार्जन गर्ने निर्णयलार्ई केन्द्रीय समितिले स्वीकृत गरेको थियो । त्यस लगत्तै व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल काँग्रेसको संसदीय दलको नेताको चुनाव तय भएको हो ।

दलको विधानमा गरिएको मुख्य संशोधनमा अन्तरिम संविधान, २०६३ को सट्टा नेपालको संविधान, संविधानसभाको सट्टा व्यवस्थापिका–संसद्, विकास क्षेत्रको सट्टा प्रदेशलगायत शब्द परिमार्जन गर्ने संसदीय दलको निर्णयलाई केन्द्रीय समितिले स्वीकृति दिएको थियो ।

दलको विधानमा नेपालको संविधानले अङ्गीकार गरेको समानुपातिक प्रतिनिधित्वको सिद्धान्तबमोजिम महिला, दलित, आदिवासी÷जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएका क्षेत्रबाट उम्मेदवार हुने गरी सम्पूर्ण सदस्यबाट मतदान भई निर्वाचित जम्मा १५ जनाको व्यवस्था गरिएको छ । काँग्रेसले संसदीय दलको नेताको निर्वाचन यही चैत भोलि र दल कार्यसमितिको निर्वाचन यही चैत २६ गते गर्ने मिति निर्धारण गरेको छ ।

उम्मेदवारको पहिलो नामावली प्रकाशन मङ्गलबार १२.३० बजे गरिनेछ । १२.३० बजेदेखि १ बजेसम्म नामावली उपर दाबी विरोध, दोस्रो नामावली प्रकाशन १ बजेदेखि १.३० बजेसम्म, नाम फिर्ता लिने समय १.३० बजेदेखि २ बजेसम्म र अन्तिम नामावली प्रकाशन २ बजेपछि गरिनेछ । मतदान २४ गते बुधबार बिहान ११ बजेदेखि २ बजेसम्म दलको कार्यालय सिंहदरबारमा हुनेछ । मतदानमा काँग्रेसका २०७ सांसद सहभागी हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप