गुल्मीमा बगानै छ एक किलो काठलाई तीन लाख पर्ने बनस्पतिको, तर छैन चर्चा
पाँच बर्ष अगाडि गुल्मीका एक लाहुरेले संसारकै वहुमुल्य वनस्पति अगरउड खेती गरेको समाचार प्रकाशमा आयो, जसले देशभर ठूलो चर्चा पायो । त्यसपछि प्रथम गुल्मी महोत्सवमा प्रर्दशन गरिएको अगरउड र त्यससँग सम्बन्धित खोजमूलक सामग्री अवलोकन गर्न प्रधानमन्त्रीदेखि केन्द्रीयतहका धेरै नेता गुल्मी आए । उनीहरुले ‘अगरउड’ अवलोकन गरेर ती कृषकलाई स्यावासी दिदै राज्यको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाए ।
समाचार आयो । नेता आए, केही दिन हल्लाखल्ला पनि भयो । तर, त्यसपछि गुल्मीका ती कृषकले गरेको अगरउड खेतीको चर्चा न सञ्चार माध्यमले गरे, न ती नेताले आफ्नो प्रतिवद्धता सम्झे । तर, पनि कृषकले कृषकले हरेस खाएनन् । बरु उनले खेतीलाई मात्र नभई अन्य वनस्पति सहित एकिकृत कुषि तथा पशुपालन व्यवसायलाई ठुलो उद्योगका रुपमा अगाडी बढाए । यो कथा हो, भार्से –३ गोविन्दथानका ५६ वर्षिय धनबहादुर पुनको ।
नेता आएर भाषण गर्दा पुनले सहयोगको अपेक्षा पनि गरे । सरकारी निकायसँग परामर्श पनि गरे । पाँच बर्षपछि जिल्लाको एक सरकारी निकायले पुनको खेतिमा चासो राख्ये । जिल्ला वन कार्यालय गुल्मीका अधिकारी पुनको यसै साता पुनको अगरउड वगानमा पुग्यो । अगरउड वगान र उनले गरेको कृषि र पशुपालनको अवलोकन गरेपछि चकित परेका जिल्ला वन अधिकृत विशाल घिमिरेले भने, ‘यो त गाउँमा लुकेर रहेको देशकै ठुलो उदीयमान अर्गानिक उद्योग हो, तर पनि ओझेलमा परेको रहेछ ।’
अगरउड सहित के-के गर्दैछन त पुनले ?
पुनको अगरउड वगान रहेको स्थानसमुन्द्री सतह देखि १३ सय ५० मिटर उचाईमा रहेछ । जिल्ला वन अधिकृत घिमिरेले अगरउड खेतीका लागि त्यस ठाउँ करिव करिव उचित रहेको बताए । पुनले १५ वर्ष अघि लगाएको अगरउडको वोटले अव वजार लिने तर्फ उन्मुख भएको रहेछ । त्यस पछि उत्साहित भएर उनले ६ वर्ष देखि अहिले सम्म लगाएका करिव ८ हजार वोट अगरउडका रुखहरु पनि फैलाउँदै गएका रहेछन् ।
पुनको वगानमा एवोगार्ड, ग्राउड एप्पल, सुन्तला, कागती, मसालाजन्य खेती र हरियो तरकारी खेती, मौरी पालन, जडीवुटी लगायत कुनै चिज त्यहाँ कमी छैन् । गाउँमा दुख गर्न नचाहेर अरुले भैसी पाल्न छाड्दै गएको वेला लाहुरे पुनले भैसी मात्रै १६ वटा पालेका छन् । यो जमानामा एउटै व्यक्तिले १६ वटा भैसी पाल्नुलाई गुल्मेली वासीन्दा समेत रहेका सहायक वन अधिकृत कर्णबहादुर पाण्डेले अनौठो माने । उनले भने, ‘एक समयको एउटा लाहुरे पुनले पुर्खाहरुको पौरख फेरी फर्काउनका लागि युवाहरुलाई प्रोत्साहित गर्दैछन्, जहाँ नयाँ पीढिलाई अध्यान भ्रमण गराउन शैक्षिक संस्था र सरकारी निकाय लाग्नै पर्दछ ।’ पुनको वगान अनुगमन गरेपछि सहायक बन अधिकृत पाण्डेले थपे, ‘पुनले गरेको यो प्रगतिलाई सामन्य मान्न मिल्दैन यो देशभरै चर्चा पाउनुपर्ने अर्गानिक वहु–व्यवसाय हो ।’
उनले १६ वटा भैसी पालेर महिनै पिच्छे टिनका–टिन घिउ मात्र बेचेका छैनन् व्यवसायीक रुपमा बाख्रा, कुखुरा देखि कुकुरसम्म पालेरे लाहुरे छँदा बाँझीएको जमिनमा पैसा फलाएका छन् । १ सय ५० वटा बाख्रा, दर्जनौं लोकल कुखरा, डरलाग्दा कुकुर पालेर उनले गाँउवासीलाई खेती किशानमै लाग्न प्रोत्साहित गरेका छन् ।
पुर्खौदेखि लाहुरेको गाउँ भनेर चिनिने भार्सेमा ९० प्रतिशत लाहुरे रहेको र अहिले ति लाहुरेमध्ये झण्डै २५ प्रतिशतको संख्यामा वसाई–सराई गका छन् । जग्गा बाँझीएको र घर थोत्रिएको त्यस गाविसका अगुवाहरुले चिन्ता गरी रहेको वेला अर्का लाहुरे पुनलाई भने अहिले खेती गर्ने जमिन पुगेको छैन् । उनले पिता पुर्खाले खेती गर्न नसकेर बाँझिएर जंगल बनेको जमिनले समेत नपुगेर १५ रोपनी अरुको जग्गा किनेर हराभरा पारेका छन् ।
साधरण कृषकको लवाई–खुवाईमा हिड्ने पुनले लाहुरे शहर वजारमा रमाउने, जाँड रक्सीमा पैसा सक्ने कुरालाई घृणा गर्छन् । उनी पहाडिया भोजन खान्छन् । अरुलाई पनि आफ्नो गाउँमा जे उत्पादन हुन्छ त्यही खानु पर्ने सुझाव दिन्छन् । पल्टनमै कक्षा १२ पास गरेका उनि भन्छन्, ‘हामी परनिर्भर भएरै हेपिएका र आर्थिक रुपले पछाडी पनि परेका हौं । अर्को कुरा माईग्रेशनको समस्याले हाम्रा उन्नत खेतवारी बाँझीएका छन् । त्यसलाई रोक्नका लागि मैले गाउँमा यस्तो व्यवसाय सुरु गरेको हुँ ।’
उनले आफुलाई अगरउड खेती कृषकका रुपमा मात्रै जोड्न चाहन्न् । जडीवुटी देखि सवै खाले उत्पादन एउटै वगानमा गर्ने गरी ७५ लाख रुपैयाँ लगानी गरेको पुन बताउँछन् । उनको गुनासो छ, ‘स्थानीय सरोकारवाला र सञ्चार माध्यमले खासै चासो नदिएकोमा । उनले भने, ‘पुर्वदेखि पश्चिम कञ्चनपुरसम्मका सरोकारवाला र सञ्चार माध्यम आईरहनहुन्छ, तर स्थानीयका सामु बत्ति मुनीको अँध्यारो भने झै भएको छ यो वगान ।’
मासिक आम्दनी कति हुन्छ त ? भन्ने प्रश्नमा पुनले भने, ‘भुकम्पआए देखि अस्तव्यस्त छ । घर भत्कियो । वगानका संरचनाहरु पनि भूकम्पले क्षति पुराई दियो । अहिले पुनरनिर्माणमा छु ।’ उनले थपे, ‘हिसाव किताव खासै राखेको छैन तर अहिले सम्म जति लगानी गरे त्यो उत्पादनबाटै प्राप्त जेथा मान्नु पर्छ ।’
उनको वगानमा ४ जनाले रोजगारी पाएका छन् । मौसमी कामदार दैनिक दर्जनौं हुन्छन् । दुई छोरा र एक छोरीलाई उच्च शिक्षा दिए । पुनको दम्पती वगानमै व्यस्त हुन्छ ।
अगरउडमा कसरी लागे ?
पुन १९९६ को डिसेम्वरमा पेन्सन निस्केका थिए । भारतीय सेनामा १७ वर्ष काम गरेर फर्केपछि पुनका भाई रतनले अगरउड बृक्षको महत्व र त्यसको अन्तराष्ट्रिय वजारका वारेमा जानकारी दिए । पुनका भाईलाई विरुवा भियतनामी साथीले दिएका थिए । त्यसपछि यस खेतीलाई पुनले व्यवसायीकरण काम थालेँ ।
उनका अनुसार हाल थाईल्याण्डमा रहेका उनका भाई रतन पुन वषौं देखि चीन अमेरिका युरोप लगायतका मुलुकमा प्रफ्युम व्यापारमा संलग्न छन् । अगरउड खेती नेपालमा वृहत बनाउन र यसको अन्तराष्ट्रिय वजार खोज्नका लागि नेपाल सरकारले उनीसँग परामर्श गरे सजिलो पर्ने दाजु पुनको सुझाव छ ।
किन वहुमुल्य छ त अगरउड ?
विश्वमै लोप हुँदै गएको अगरउडवारे जिल्ला वन अधिकृत घिमिरे भन्छन्, ‘संसारमै सवै भन्दा महँङ्गो वनस्पति हो । विरुवा हुर्केको १५ वर्ष पछि त्यसको रुखमा एक प्रकारको ढुँसी पलाउछ । त्यसको ढुसी सुधन्तित हुन्छ त्यसबाट उच्च सुधन्दीत अगरवत्ति बन्छ । त्यसको काठबाट उच्च व्राण्डका प्रफ्युमहरु बन्छन् । त्यसका अलवा विकासित मुलकका उच्च घरानमा धार्मिक तथा सांस्कृतिक रुपले पनि अगरउठले ठुलो महत्व राख्छ ।’
उनका अनुसार अन्तराष्ट्रिय बजारमा अगरउड एक किलो काठको मात्रै ३ लाख रुपैयाँमा विक्रि हुने गर्दछ । त्यस काठबाट पेलिएको तेलको मुल्य प्रति किलो २० लाख रुपैयाँ पर्दछ । वहुमुल्य भएको तर लोप हुँदै गएकोले अगरउड खेतीको उद्गम थलो मानिने भियतानमले त्यसलाई अन्तराष्ट्रिय बजारमा विक्रि वितरण गर्न प्रतिवन्ध लगाई सकेको छ ।
अगरउड खेती मलेशिया, भारत, बंगलादेश, लाओस, वहराईन् जस्ता दक्षिण एशियाली मुलुकका नागरिकहरुले व्यवसायीक रुपमा गर्ने र यसको वजार अत्तर उत्पादनका लागि प्रशिद्ध मुलुक फ्रान्स, साउदी अरव, दुवई र युरोप अमेरिका लगायतका मुलुकहरु रहेको वन अधिकृत घिमेरेले बताए ।
पुनले खेती गरे तर वैद्यानिक छैन पुनले ‘दुर्गा लेकाली अगरउड कम्पनी’ नामक उद्योग दर्ता गरका छन् । उनले प्रयोग गरेको वन निजी वनका रुपमा जिल्ला वन कार्यालयमा दर्ता गर्नुपर्ने हुन्छ । तर, वन अधिकृतले यसो भन्दा पुनले अचम्म माने । नेपालको वन ऐनमा अगरउड वनस्पति उल्लेख नभएको र अन्तराष्ट्रिय व्यापार आदन प्रदानका सवन्धमा पनि कुनै ऐन कानुन नवनेका कारण त्यसबारे सरकारी निकाय लाग्नु पर्नेमा घिमिरेले जोड दिए । ‘जव भार्सेका पुनले व्यवसायीक अगरउड खेती गरेको चर्चा भयो त्यस पछि हामीले जिल्ला वन क्षेत्र समन्व्य समितिको बैठक राखेर राष्ट्रिय स्तरमा यसवारे पहल गर्न सिफारिस गरी पठाएका छौ ’ घिमिरेले भने–‘ सम्वन्धीत कृषक पुनलाई भने त्यसबारे केहि मतलव नै नभए पछि उनलाई बुझाएका हौं ।’उनले अन्तराष्ट्रिय वन्यजन्तु र वनस्पति ओसार पसार सन्धीमा नेपालमा सुरु गरिएको यस खेतीलाई उल्लेख गरिनु पर्ने कुरामा जोड दिए । यो खेती अहिले नवलपरासी लगायतका जिल्लाहरुमा पनि गर्न थालिएको पाईएकोले यसवारे सरकारी निकायवाट खोज अनुसन्धान र संरक्षण हुनु पर्ने कुरामा समेत उनले जोड दिए । भार्सेका पुनले गरेको काम देशकै नमुना भएको बताए
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण