शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सरफराज पाकिस्तानको नयाँ कप्तान

मङ्गलबार, २३ चैत २०७२, १७ : १०
मङ्गलबार, २३ चैत २०७२

लाहोर – पाकिस्तान क्रिकेट बोर्डले सरफराज अहमदलाई पाकिस्तानको टी–२० क्रिकेट टिमको नयाँ कप्तान चयन गरेको छ । हालै सम्पन्न टी–२० विश्वकपमा खराब प्रदर्शन गर्दै पाकिस्तान बाहिरिएपछि शाहिद अफ्रिदीले कप्तानको पदबाट राजीनामा दिएका थिए । मंगलबार बोर्डले अहमदलाई नयाँ कप्तान चयन गरेको हो । बोर्डको वेबसाइटमा पाकिस्तानको घरेलु लिगमा क्वेटा ग्लाडिएटरलाई फाइनलसम्म डोराएका अहमदलाई ‘स्वभाविक विकल्प’ बताएको छ । ‘मैले सरफराजसँग आज विहान उनी कप्तानका लागि स्वभाविक विकल्प रहेको भनेर कुरा गरेको थिएँ । म उनलाई नयाँ भूमिकाका लागि शुभकामना दिन चाहन्छु,’ पिसिबीका अध्यक्ष शेहेरयार खानलाई उद्धृत गर्दै वेबसाइटमा उल्लेख छ । टिमका प्रशिक्षक वकार युनिसले सोमबार पाकिस्तानको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका छन् । सन् २००९ को च्याम्पियन पाकिस्तानले यसपालीको विश्वकपमा राम्रो प्रदर्शन नगरेकोमा तीव्र आलोचना भएको थियो । प्रतियोगितामा पाकिस्तानले बंगलादेशलाई मात्र हराउन सक्यो । भारत, न्युजिल्याण्ड र अस्ट्रेलियासँग पराजित हुँदै पहिलो चरणबाट बाहिरियो । २८ वर्षीय दायाँ हाते ब्याटसम्यान अहमदले २१ टी–२० अन्तर्राष्ट्रिय खेलका साथै ५८ एकदिवसीय खेल खेलेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप