शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सन्नीविरुद्ध १ सय करोड दाबीसहित मानहानीको मुद्दा

मङ्गलबार, २३ चैत २०७२, १८ : ०३
मङ्गलबार, २३ चैत २०७२

मुम्बई – पूर्व बिस बोस प्रतियोगी तथा मोडल पूजा मिर्साले १ सय करोड क्षतिपूर्ती दाबी गर्दै चलचित्र नायिका सन्नी लियोनीविरुद्ध बम्बे हाइकोर्टमा मुद्दा दायर गरेकी छिन् । उनले सन्नीमाथि आफ्नो मानहानी गरेको आरोप लगाएकी छिन् । जज नरेश पाटिलले यसबारे जानकारी दिँदै अदालतमा मुद्दा दायर गरेको बताए । मुद्दा दर्ता गराउँदा मिर्सा भने उपस्थित थिइनन् । रिटमा बिज बोस सिजन पाँचमा आफू रुचाइएको प्रतियोगी रहेको र त्यसमा सन्नी धेरैपछि आएको उल्लेख छ । प्रतियोगितापछि सन्नीले आफ्नो प्रतिष्ठामा आँच आउने गरी केही मिडियामा अन्तर्वार्ता दिएको बताइएको छ भने त्यसको कारण ‘आरिस’ भएको बताइएको छ । मिर्साले एक अखबारमा आफूविरुद्ध सन्नीले खेलनै छपाएपछि आम जनताको नजरमा आफ्नो प्रतिष्ठा गिरेको र आफूले फिक्सड डिपोजिट तोड्नुका साथै ७० लाख बराबरको बचत बैंकबाट निकाल्नु परेको पनि आरोप लगाएकी छिन् । आइपीसी सेक्सन ५०० (मानहानी) र १२० (बी) (षड्यन्त्र) अन्तरगत मुद्दा दायर गरिएको समाचारमा उल्लेख ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप