शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेकपा (क्रान्तिकारी) को बैठक भोलि : एकताका लागि दबाबमा वैद्य

मङ्गलबार, २३ चैत २०७२, १८ : ४०
मङ्गलबार, २३ चैत २०७२

काठमाडौं – दुई दिन स्थगित गरेको नेकपा क्रान्तिकारी माओबादीको बैठक भोली बस्दैछ । यस अघि १० दिनसम्म अध्यक्ष वैद्य र नेता वादलको प्रस्तावमा केन्द्रीय सदस्यहरुले पक्ष विपक्षमा रहेर धारणा राखेका थिए । वैठकमा नेता कुलप्रसाद केसीले जनयुद्ध, जनयोदा र माओबादी आन्दोलनलाई केन्द्रीकृत गर्नुपर्ने भन्दै छुट्टै १३ वुदे सुझाव पत्र पनि राखेका थिए ।

केन्द्रीय नेताहरुले धारणा राखेपछि गृहकार्यका लागि भन्दै दुई दिन स्थगित वैठक भोली वुधबार वोलाइएको छ ।

यस बीचमा अध्यक्ष वैद्य र नेता बादलले आफनो प्षमा निर्णय पार्नका लागि दौडधुप तिव्र वनाएका छन् ।

यसैवीच आजै ललितपुरमा बादल र सोनामका वीचमा झण्डै दुई घण्टा लामो गोप्य भेटघाट भएको छ ।

भेटमा आन्तरिक पार्टी एकता र वाह्य माओबादी धाराका पार्टीहरुका बीचको एकताका लागि संयुक्त प्रस्ताव तयार गरेर जाने विाष्मया सहमति जुटेको स्रोतको भनाई छ ।

किरणले उल्लेख गरेका केही विषयलाई पनि समेटेर नयाँ साझा अवधारणा वनाएर पार्टी एकतामा जाने निश्कर्षमा वादल सोनाम पुगेका छन् । पार्टी एकताको निर्णय लिन दबाव वढाउन महिला नेतृहरु पार्वती थापा, रेणुका चौलागाइृ, दलित नेता परशुराम रम्तेल लगायतले पनि नेताहरुलाई दवाव वढाएका छन् । उनीहरुले गौरव, वादल, देव गुरुङ लगायतलाई टोली नैवनाएर भेटघाट गरिरहेका छन् ।

किरणले पनि योबीचमा आफनो तर्फको भेटघाटलाई तिव्र वनाएका छन् । उनले लेखनाथ न्यौपाने लगायतसँग छलफल गरेका छन् ।

वैद्यसँगको भेटमा न्यौपानेले जनयुद्दका विपक्षमा रहेका परि थापाहरुको घेरावन्दीमा परेको र एकता भन्ने तर एकता नगर्ने आरोप (वैद्य) तपाईमाथि लाग्न थालेको बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप