जब राजकुमार मजदुर बने (फोटोफिचर)
काठमाडौं – चैतको पहिलो साता नेपाल आइपुगेका बेलायती राजकुमार ह्यारी औपचारिक भ्रमण सकिने बित्तिकै सबैलाई चकिन बनाउँदै अझै एक हप्ता नेपाल बस्ने र पुनर्निर्माणमा जुट्ने घोषणा गरे । त्यसपछि उनी एकाएक मिडियाको पहुँचबाट गायब भए । केही दिन हराएका ह्यारी गोरखाको लापुबेसीमा विद्यालय पुनर्निर्माण गर्दै भेटिए । ३१ वर्षीय ह्यारी आफै विद्यालयको पुनर्निर्माणमा खटिएका समाचारहरु सार्वजनिक भए पनि मिडियालाई प्रतिबन्धित गरिएका कारण उनले त्यहाँ काम गरेको तस्विरहरु भने सार्वजनिक भएको थिएन । त्यहाँ उनले बेलायतको टिम रुबिकनसँग मिलेर पुनर्निर्माणमा खटेका थिए । उनले त्यहाँ विद्यालय पुनर्निर्माणमा सघाउनुको साथै नयाँ सोलार फार्म बनाउन, जलविद्युतको टरबाइन निर्माण गर्न पनि सहयोग गरेका थिए । बेलायती राजकुमार स्वदेश फर्किसकेका छन् । अहिले टिम रुबिकनले ह्यारीले त्यतिबेला काम गरेका तस्विरहरु सार्वजनिक गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण