शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बनमा लागेको आगो निभाउन जाँदा एक जनाको मृत्यु

बुधबार, २४ चैत २०७२, १० : ०७
बुधबार, २४ चैत २०७२
डोटी – डोटीको दिपायल सिलगढी नगरपालिका–१२ गोरेरा सामुदायिक बनमा लागेको आगो निभाउने क्रममा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान ९ बजेतिर बनमा लागेको आगो निभाउने क्रममा १७ बर्षीय कृष्ण साउदको मृत्यु भएको हो । आगोमा परेपछि घाइते साउदलाई तत्कालै सुजङ्ग अस्पताल राजपुर लगिएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागी सेती अञ्चल अस्पताल धनगढी रिफर गरिएको थियो । साउदको उपचारका क्रममा सेती अञ्चल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप