शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तस्बीरमा यस्तो देखियो कांग्रेस संसदीय दलको निर्वाचन

बुधबार, २४ चैत २०७२, १५ : ०२
बुधबार, २४ चैत २०७२

काठमाडौँ – नेपाली काँग्रेसको संसदीय दलको नेता छान्न आज निर्वाचन भयो   । मतपरिणामअनुसार देउवाले १३९ मत ल्याएर बिजयी  भने निकटतम प्रतिस्पर्धी रामचन्द्र पौडेलले ६७ मत ल्याए ।  आज भएको मतदानमा विद्युतीय मतदान गर्ने व्यवस्था मिलाइएकाले नतिजा मतदान सकिएको केहि मिनेटमै   आएको हो । 

दोस्रो संविधानसभा निर्वाचनपछि वि.सं २०७० माघ १२ मा भएको संसदीय दलको निर्वाचनमा भने देउवा तत्कालिन सभापति सुशील कोइरालासँग पराजित भएका थिए । पहिलो संविधानसभा निर्वाचनपछि भने पौडेलले देउवालाई पराजित गर्दै संसदीय दलको नेता चयन भएका थिए । एक महिनाअघि भएको निर्वाचनमा भने पौडेललाई पराजित गर्दै देउवा पार्टी सभापति चयन भएका थिए ।

काँग्रेसले संसदीय दलको नेताको निर्वाचन बुधबार हुने भए पनि कार्र्यसमितिको निर्वाचन भने यही चैत २६ गते गर्ने मिति तय भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप