शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दुई हप्ता अन्धकारपछि फिदिममा पुनः उज्यालो

बुधबार, २४ चैत २०७२, १० : २७
बुधबार, २४ चैत २०७२

पाँचथर -  बिग्रिएको ट्रान्सफर्मर मर्मत भएपछि पाँचथरको सदरमुकाम फिदिममा विद्युत् आपूर्ति सञ्चालन भएको छ ।

लामो समयसम्म पनि ट्रान्सफर्मर मर्मत नहुँदा पाँचथरको सदरमुकाम फिदिमवासीले झन्डै दुई हप्तापछि उज्यालो बत्ती पाएका हुन् । गत चैत ११ गते लोड बढी भएर पड्किएको ट्रान्सफर्मर विराटनगरमा लगेर मर्मत गरेर ल्याएपछि स्थानीयवासी उज्यालोमा बस्न पाएको फिदिम साना जलविद्युत् परियोजना केन्द्रले जनाएको छ ।

ट्रान्सफर्मर बिग्रिएपछि फिदिमका ३५० घरधुरीका ७०० परिवार अन्धकारमा बस्न बाध्य भएका थिए । विद्युत् आपूर्ति सञ्चालन नहुँदा बैंक तथा वित्तीय संस्था, साइबर, मोबाइल पसल, विद्युत्को भरमा सञ्चालन हुने पसल बन्द भएका थिए । अहिले विद्युत् आपूर्ति सञ्चालन भएसँगै फिदिमवासीको दैनिकी सहज बन्दै गएको छ । फिदिममा प्रायः विद्युत्भार कटौती नभए पनि हावाहुरी चलेको समय र वर्षादको समयमा बत्ती नआउने हुँदा उपभोक्ता मर्कामा परेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप