महिन्द्राको नयाँ शोरुम पानीपोखरीमा
काठमाडौं – महिन्द्रा गाडीहरुको आधिकारिक विक्रेता तथा नेपालकै एक अग्रणी कम्पनी अग्नि इन्कर्पाेरेटेडको नयाँ शोरुम पानीपोखरी, काठमाडौंमा भव्य उद्घाटन भएको छ । उक्त उद्घाटन नेपाल उद्योग तथा वाणिज्य महासंघका प्रमुख पशुपति मुरार्का तथा महिन्द्रा एण्ड महिन्द्रा लि. का भाइस–प्रेसिडेन्ट तथा हेड अफ इन्टरनेशनल अपरेशन्स् सन्जय जादवले गरेका थिए । साथै कम्पनीले आफ्नो निकै प्रत्येक्षित इन्ट्री–लेभल एसयुभी गाडी, केयुभी १०० को बिक्रीवितरण यसै शोरुम मार्पmत हुने जनाएको छ । यस शोरुमको उद्घाटन सँगै अब महिन्द्राका ग्राहकहरुलाई थप सेवा तथा सुविधा प्रदान हुनेमा कम्पनीले विश्वास लिएको छ । अग्नि ग्रुुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठका अनुसार – “ग्राहकहरु माझ आफ्नो प्रस्तुतीलाई अभैm बलियो बनाउँदै आज पानीपोखरीमा हाम्रो नयाँ कर्पाेरेट शोरुम उद्घाटन गरेको घोषणा गर्न पाउँदा पनि म एकदमै खुशी महशुस गर्दैछु । यस शोरुमले शहरको मूख्य क्षेत्रबाट ग्राहकहरुलाई विश्वस्तरीय ब्राण्ड एक्सपिरियेन्स् अनि उत्कृष्ट सेवा प्रस्तुत गर्नेछ ।” अग्नि इन्कर्पोरेटेडले सन् १९९१ देखि महिन्द्राको नाम र सेवालाई नेपालीहरु समक्ष सफतापूर्वक पु¥याउँदै आई आप्mना सेवाहरु सञ्चालन गर्दै आएको छ र आज नेपालकै नम्बर एक मल्टी युटिलिटी गाडीहरुको बिक्रेताको रुपमा आपूmलाई प्रस्तुत गर्न सफल भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण