शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इयुको विज्ञप्तिबारे प्रचण्डको प्रश्नपछि फ्रान्सका राजदूतले भने, ‘नेपालको संविधान हाम्रोभन्दा प्रगतिशील’

बुधबार, २४ चैत २०७२, १९ : १७
बुधबार, २४ चैत २०७२

काठमाडौं – फ्रान्सका राजदूत एभेस कारमोनले आज बिहान एमाओवादी अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् । भेटमा अध्यक्ष प्रचण्डले हालै भारत र युरोपियन युनियनले निकालेको संयुक्त विज्ञप्तीबारे फ्रान्सको धारणा बारे प्रश्न गरेका छन् । जवाफमा राजदूत कारमोनले फ्रान्सले नयाँ संविधानलाई सम्पूूर्ण रुपले समर्थन गरेको बताए । उनले भने, ‘नेपालको संविधान फ्रान्सको भन्दा पनि प्रगतिशील छ ।’ केही दिनअघि भारत र इयुले संयुक्त विज्ञप्ति जारी गर्दै नेपालको संविधान अपुरो रहेको आशयको विज्ञप्ति जारी गरेको थियो ।

प्रचण्ड निवास लाजिम्पाटमा भएको भेटवार्तामा अध्यक्षले नेपाल भिन्न परिस्थितिबाट गुज्रिएको बताउँदै देशका समस्याहरु विगतदेखि नै नेपाली जनता आफैंले समाधान गरिहेको बताए । सो क्रममा प्रचण्डले शान्ति प्रक्रिया, सेना समायोजन र संविधान सभाबाट नयाँ संविधान जारी नेपाली जनता आफैंले गरेको बताएका थिए । उनले संविधानमा उत्पीडित जाति, समुदाय, लिंग, क्षेत्रलाई समेटिएको बताउँदै अझै धेरै विषयहरु संविधानको कार्यान्वयनका क्रममा सुधारिँदै लैजाने बताएका थिए ।

भेटमा राजदूतले फ्रान्सेली लगानीकर्ता कम्पनीहरु नेपालमा लगानीका लागि इच्छुक रहेको बताएका थिए। अध्यक्षले नेपाल नवनिर्माणमा अघि बढेकाले लगानी गर्ने कम्पनीहरुको खाँचो रहेको बताए । त्यसको लागि नेपालमा लगानी गर्ने उचित वातावरण रहेको स्पष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप