शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नदी नियन्त्रण गर्न भारत सरकारद्वारा ३८ करोडको अनुदान सहयोग

बुधबार, २४ चैत २०७२, १३ : २२
बुधबार, २४ चैत २०७२
काठमाडौं – नेपालको नदी नियन्त्रण गर्नका लागि भारत सरकारले ३८.६२६ करोड रुपैयाँ नेपाल सरकारलाई अनुदान सहयोग गरेको छ । सिंचाई मन्त्रालयको सभाकक्षमा आयोजित एक कार्यक्रमबीच भारतीय राजदूत रञ्जित रेले उक्त रकम बराबरको चेक मन्त्री उमेश कुमार यादवलाई हस्तान्तरण गरे । नेपाल भारत डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको दशौं बैठकको निर्णय बमोजित उक्त रकम हस्तान्तरण गरिएको हो । यस रकम बोहक नेपालले बागमती, लालबकैया र कमला नदी नियन्त्रणका लागि ४२३.१७२ करोड अनुदान सहयोग प्राप्त गरिसकेको छ । कार्यक्रममा बोल्दै मन्त्री यादवले दुई देशमा बाढीको प्रभावकारी व्यवस्थापनमा अमूल्य योगदान गरेकोमा डुवान तथा बाढी व्यवस्थापन संयुक्त समितिको खुलेर प्रशंसा गरे । उनले चुरे विानासको कारणले उत्पन्न समस्याहरुको प्रत्यक्ष÷अप्रत्यक्ष कारणहरु दुवै देशले भागिरहेको अवस्थामा नदीसँगै चुरे संरक्षणको लागि संयुक्त प्रयासको आवश्यकता औंल्याए । सोही अवसरमा मन्त्री यादवले अन्य नदीहरुको नियन्त्रणका लागि पनि सहयोग गर्न भारत सरकार समक्ष अनुरोध गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप