शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

देउवा भावी प्रधानमन्त्रीका उम्मेदवार !

बुधबार, २४ चैत २०७२, १९ : २९
बुधबार, २४ चैत २०७२
काठमाडौं– संसदीय दलको नेतामा निर्वाचित भएपछि काँग्रेस सभापति शेरबहादुर देउवा भावी प्रधानमन्त्रीका उम्मेदवार् बनेका छन् । काँग्रेस विधानमा संसदीय दलको नेता प्रधानमन्त्रीको उम्मेदवार बन्ने प्रचलन छ । बुधवार भएको संसदीय दलको निर्वाचनमा देउवाले १ सय ३९ मत ल्याएर दलको नेता चयन भएका थिए । रामचन्द्र पौडेलको ६७ मत मात्र आएको थियो । दोस्रो संविधानसभा लगत्तै भएको संसदीय दलको निर्वाचनमा तत्कालीन पार्टी सभापति सुशील कोइरालाले १ सय ५ मत ल्याएर देउवालाई पराजित गरेका थिए । त्यसबेला देउवाले ८९ मत ल्याएका थिए । एक बर्षमा देउवाका ५० मत बढी पाएका छन् । देउवा गत फागुन अन्तिम साता भएको निर्वाचनमा पार्टी सभापति भएका थिए । उनले १ हजार ८२२ मत पाएका थिए भने कार्यवाहक सभापति समेत रहेका पौडेलले १ हजार २९६ मत ल्याएका छन् । बर्तमान सरकारको विकल्ववारे अनौपचारिक तहमा छलफल भैरहदा देउवा काँग्रेसको दलको नेतामा चयन भएका छन् । यसले सत्ता समीकरणको वहसलाई अरु पेचिलो बनाउने सम्भवाना छ । संसदीय दलको नेता हुँदा प्रधानमन्त्री बनेको देउवाको विगत छ । ०५१ को मध्यवधी निर्वाचनपछि ०५२ मा देउवा काँग्रेसको संसदीय दलको नेता भएका थिए । त्यस लगत्तै उनी प्रधानमन्त्री भएका थिए । उनी ०५२ भदौ २७ मा पहिलो पटक प्रधानमन्त्री भएका थिए । त्यसबाहेक उनी ०५७ मा दलको चुनावमा सुशील कोइरालालाई हराएर दलको नेता चयन भएका थिए । त्यसपछि उनी प्रधानमन्त्री भए । प्रधानमन्त्री भएकै बेला उनमाथि पार्टीले कारवाही गर्यो । पार्टीले कारवाही गरेपछि उनले काँग्रेस प्रजातान्त्रिक बनाए । राजा ज्ञानेन्द्र शाहले ०६१ मा पुन देउवालाई प्रधानमन्त्री बनाए । ०६४ को संविधानसभा अगाडि दुई काँग्रेस मिले । ०६५ को संसदीय दलको चुनावमा भने पौडेलले देउवालाई हराएका थिए । दोस्रो संविधानसभा चुनाव लगत्तै भएको संसदीय दलको नेता चयन निर्वाचनमा सुशील कोइरालासँग देउवा पराजित भएका थिए ।  

यो पनि 

यस्तो छ देउवाको जीवनी

तस्बीरमा यस्तो देखियो कांग्रेस संसदीय दलको निर्वाचन 

पौडेल फेरि पराजित, संसदीय दलको नेतामा देउवा विजयी

रामचन्द्रजीबाट सहयोगको अपेक्षा गरेको छुः देउवा

देउवाको फोनपछि पार्टी छाडिसकेका चौधरीले समेत हाले भोट 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप