गोरखापत्र संस्थानमा उपाध्यायको पुनर्बहाली गर्न सर्वोच्चको आदेश
बुधबार, २४ चैत २०७२, १४ : ५०
काठमाडौँ - सर्वोच्च अदालतले गोरखापत्र संस्थानको सञ्चालक समिति सदस्यमा पत्रकार वसन्तप्रकाश उपाध्यायलाई पुनर्बहालीको आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश गोविन्दकुमार उपाध्याय र चोलेन्द्रशम्शेर जबराको चैत २१ को संयुक्त इजलासले सञ्चालक सदस्यमा उपाध्यायलाई पुनर्बहालीको आदेश दिएको हो ।
उपाध्यायको कार्यावधि पूरा हुनुअगावै हटाइनु ऐन विपरीत भएको ठहर गर्दै सर्वोच्चले सो निर्णय कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश गरेको हो ।
संस्थानको सञ्चालक समिति सदस्यमा, संस्थानको ऐन, २०१९ दफ ८ (१) (ख) बमोजिम मिति २०७१ साउन २ गते दुई वर्षका लागि उपाध्याय नियुक्त भएका थिए ।
सूचना तथा सञ्चार मन्त्रालयले सञ्चालक समिति सदस्यबाट उपाध्यायलाई २०७२ माघ २९ गते हटाउने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण