शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बाबा रामदेवलाई किन भनिदैछ ‘तालिवान’ ?

बुधबार, २४ चैत २०७२, १९ : १६
बुधबार, २४ चैत २०७२

काठमाडौं – विवादीत योगगुरु रामदेव फेरि एक पटक विवादको घेरामा छन् । पछिल्लो समय उनले दिएको अभिव्यक्तिका कारण उनी विवादमा फँसेका हुन् । त्यही अभिव्यक्ति कारण उनलाई आज ‘तालिवान’ को संज्ञा दिइएको छ । केही समयअघि आयोजित एक सार्वजनिक कार्यक्रममा ‘भारत माताकी जय’ भन्नेहरुको टाउको काट्नुपर्ने अभिव्यक्ति दिएपछि उनी निशानामा परेका हुन् । ‘कानुनको सम्मान गर्ने भएका कारण मात्र आफूहरु चुप बसेको नत्र ‘भारत माताकी जय’ नभन्नेहरु हजारौंको टाउको काट्ने सामथ्र्य आफूमा रहेको’ रामदेवले बताएका थिए । उनको यो अभिव्यक्ति अहिले ठूलो बहसको विषय बनेको छ । राजनीतिमा कसरी राष्ट्रवाद र धर्मलाई प्रयोग गरिन्छ भनेर बहस शुरु गरिएको छ ।

भारतका ट्वीटर प्रयोगकर्ताहरुले रामदेवलाई अतिवादी समूह तालिवानसँग तुलना गर्दै ‘तालिबानी रामदेव’ ट्रन्ड नै शुरुवात गरेका छन् । ‘भारत माताकी जय’ राष्ट्रवादी नारा भए भने यसलाई भारतको हिन्दु राष्ट्रवादी सत्तारुढ दल बिजेपीले धेरै प्रयोग गर्ने गरेका छन् । यस विषयमा ट्वीटरमा ३५ हजारभन्दा बढी ट्वीट भएका छन् । यता, मुस्लिम धर्म गुरुहरुले भने यो अभिव्यक्ति इस्लामी धर्म विरोधी भएको बताउँदै एउटा मात्र भगवान हुनसकन्ने बताएका छन् । एक जना चर्चित मुस्लिम नेताले कसैले आफ्नो घाँटी नै रेटे पनि त्यो नारा उच्चारण नगर्ने बताए ।

एक विजेपी नेताले भारत माताकी जय नभन्नेहरु देशमा बस्न लायक नभएपछि यो विषयमा विवाद शुरु भएको थियो । तर, आइतबार हिन्दु संगठन आरएसएरले आयोजना गरेको गरेको र्यालीमा उक्त विवादलाई झन् ठूलो रुप लिएको छ । उनको भिडियोलाई पछि युट्युवमा समेत पोस्ट गरिएको थियो । शुक्रबार भारतको ठूलो सुन्नी समूदायले मुस्लिमहरुले उक्त नारा नलगाउन फतवा नै जारी गरेको थियो भने शैक्षिक गुठी सञ्चालन गर्ने एक विजेपी नेताले भारत माताकी जय लेखेर एप्लिकेसन फारम ल्याउने विद्यार्थीलाई मात्र भर्ना दिने बताएका थिए ।

तर केहीले भने रामदेवको समर्थन पनि गरेका छन् ।

बिबिसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप