एथ्लेटिकोको प्रश्न : बार्सिलोनाका खेलाडीले किन रातो कार्ड पाउँदैनन् ?
म्याड्रिड – मंगलबार राती च्याम्पियन्स लिग अन्तरगत दुई स्पेनिस महारथी टोली बार्सिलोना र एथ्लेटिको म्याड्रिडबीचको क्वाटरफाइनलको पहिलो लेग निकै विवादीत रह्यो । फर्नान्डो टोरेसले पहिलो हाफमा गोल गर्दै एथ्लेटिकोलाई अग्रता दिलाए पनि लुइस सुवारेजले दोस्रो हाफमा २ गोल गरेपछि बार्सिलोना खेलमा २–१ ले विजयी बन्यो ।
यद्यपि, खेलमा ‘रातो कार्ड’ विवादको विषय बन्यो । गोल गरेको १० मिनेट पछि नै फर्नान्डो टोरेस दोस्रो रातो कार्ड खाँदै मैदानबाट बाहिरए । खेलको ३५ औं मिनेटमा सर्जियो बुस्केटलाई फल हानेपछि उनले रातो कार्ड पाए ।
उता, एथ्लेटिकोका खेलाडी जुआन्फ्रानलाई लात्ताले हिर्काएर पनि सुवारेज रातो कार्ड खानबाट बचे । रेफ्री फेलिक्स ब्राइचले त्यसलाई वास्तै गरेनन् ।
दोस्रो हाफमा पनि फिलिपे लुइसको अनुहारमा हातले हिर्काउँदा पनि सुवारेजमाथि कुनै कारवाही भएन ।
खेलबारे प्रतिक्रिया दिँदै बिटी स्पोर्टका समिक्षक तथा इंग्ल्याण्ड र म्यान्चेस्टर युनाइटेडका पूर्व खेलाडी रियो फर्डिनान्डले सुवारेजले रातो कार्ड पाउनु पर्ने बताए । खेलपछि निकै रिसाएको देखिएका एथ्लेटिकोका प्रशिक्षक डिएगो सिमिओनीले भने, ‘यस्ता दुईभन्दा बढी घटनाहरु भए खेलमा । मैले के सोचिरहेको छु, त्यो भन्न सक्दिन । अब हामी अर्को लेगमा उत्कृष्ट खेलेर अन्तिम चारमा पुग्ने प्रयास गर्छौं ।’ उनले आफू खेलाडीको प्रदर्शनबाट निकै खुसी रहेको प्रतिक्रिया दिए ।
यता फिलिपे लुइसले भने बार्सिलोनालाई रेफ्रीहरुले संरक्षण गरेको आरोप लगाए । उनले भने, ‘खै बार्सिलोनाका खेलाडीहरुले रातोकाड पाउन के गर्नुपर्छ । उनीहरु संरक्षित छन्, यसले निकै चित्त दुख्छ ।’ बार्सिलोना प्रशिक्षकले भने टोरेसले दुईवटा फल गरेको स्पष्ट देखिएको कारण उनले रातो कार्ड पाउनु जायज भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण