शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुख्खाग्रस्त महाराष्ट्रमा पानी खेर फालिनेमा अदालतको प्रश्न : आइपीएल महत्वपूर्ण कि जनता ?

बुधबार, २४ चैत २०७२, १७ : २१
बुधबार, २४ चैत २०७२

मुम्बई – भारतको महाराष्ट्रमा यतिबेला पानीको चरम अभाव छ । तर, केही दिनमा शुरु हुने घरेलु क्रिकेट लिग आइपीएलको लागि स्टेडियम तयार गर्न भने लाखौं लिटर पानी प्रयोग गरिँदैछ । आइपीएलमा पानीको दुरुपयोग हुने भन्दै बम्बे हाइकोर्टमा उजुरी परेको छ । यसबारे बुधबार अदालतमा सुनवाई समेत भएको छ । आइपीएलमा महाराष्ट्रको तीन स्टेडियममा ६० लाख लिटर पानी प्रयोग हुने दाबी गरिएको छ । अदालतले भारतको क्रिकेट बोर्डलाई यसबारे स्पष्टिकरण सोधेको छ । ‘यो पानीको बार्बादी भयो । यहाँबाट खेल अन्यत्र ठाउँमा सारिनुपर्छ । मराठवाडाको जनताले तीन–तीन दिनसम्म पनि पानी पाउँदैनन्,’ अदालतले भनेको छ । यस विषयमा भोलि फेरि सुनवाई हुने भनिएको छ । यसबारेमा पूर्व पत्रकार केतन तिरोडकरले पिआएल दर्ता गराएका थिए । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार एक खेलमा स्टेडियमको मर्मतका लागि ३ लाख लिटर पानी आवश्यक हुन्छ । आइपीएलको दौरान महाराष्ट्रका तीन स्टेडियममा २० खेल हुनेछ । यसरी सम्पूर्ण खेलको दौरान ६० लाख लिटर पानी प्रयोग हुने दाबी गरिएको भारतीय मिडियाले जनाएको छ । यसरी आइपीएल पानी खेर फालिरहँदा लातुर जिल्लाका जनतालाई हरेक दिन ५५ हजार लिटर पानी दिइन्छ । यसरी हरेक घरमा प्रति दिन २० लिटर पानी मात्र पुग्छ । ‘यो गम्भिर मुद्दा हो । यसमा हामीले हेर्नु आवश्यक छ,’ अदालतले भनेको छ । पानी नभएर आत्महत्या गर्छन् किसान महाराष्ट्रमा सन् २०१६ हरेक महिना औसतमा ९० किसानले आत्महत्या गरेका छन् । कतिपय जलाशयमा ४ प्रतिशतभन्दा कम पानी रहेको छ । यस राज्यमा खेलाइने २० खेलमा १२ खेल नागपुर र पुणेमा खेलाइँदैछ खेलाइँदैछ जहाँ पानीको चरम अभाव छ । रद्द गर्न सकिन्न : मुम्बाई क्रिकेट एसोसिएसन यस विषयमा मुम्बाई क्रिकेट एसोसिएसनले आइपीएल खेलका टिकटहरु पहिले नै बिक्री भइसकेका कारण खेल रद्द गर्न सकिने बताएको छ । यसो गरे धेरै घाटा बेहोर्नु पर्ने उनीहरुको तर्क छ । राजीव शुक्लालेभ ने, ‘यस विषयमा महाराष्ट्र सरकारले कुनै प्रस्ताव ल्याए, हामी र विसिसिआई यस विषयमा पुनर्विचार गर्छौं ।’ ‘जनताका लागि पानीको व्यवस्थापन गर्न म मेरो संसद् कोषबाट खर्च गर्न तयार छु तर खेल रद्द गरेर कुनै समस्या हल हुँदैन,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप