शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बलिउड गीतमा ज्याकी च्यानको डान्समुभ

बुधबार, २४ चैत २०७२, १८ : ५४
बुधबार, २४ चैत २०७२

जोधपुर – इन्डो–चाइनीज चलचित्र ‘कुङ फु योगा’ को सुटिङका लागि भारत आएका हलिउड सुपरस्टार ज्याकी च्यान बलिउडको गीतमा नाच्दै गरिएको भेटिएका छन् । सार्वजनिक भएको सुटिङको तस्विरमा ज्याकी बलिवुड स्टाइलमा अन्य भारतीय कलाकारसँग नाच्दै गरेको देखिएका छन् । यस गीतको कोरियोग्राफी चर्चित कोरियोग्राफर तथा निर्देशक फराह खानले गरेकी छिन् । उनले ट्वीट गर्दै ज्याकीको तारिफ पनि गरेकी छिन् । ‘ज्याकीको नाम ‘ज्याकी ज्याक्सन’ राख्नुपर्छ,’ उनले भनेकी छिन् । चलचित्रमा ज्याकी सहित बलिउड नायक सोनु सुद, अमायार दस्तुर र दिशा पटानी पनि अहम भुमिकामा देखिनेछिन् । बेइजिङ, दुबई र आइसल्याण्डपछि चलचित्रको अन्तिम सुटिङ भारतको जोधपुरमा गरिएको छ । चलचित्र अगामी वर्षको फेब्रुअरीमा रिलिज हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप