नेपाली बालबालिका तस्करी प्रकरण : प्रहरीलाई छानविन गर्न बेलायती गृहमन्त्रालयको निर्देशन
काठमाडौं – नेपालको भूकम्प प्रभावित क्षेत्रबाट बालबालिकाहरु बेलायतसम्म तस्करी हुने गरेको समाचार मिडियामा सार्वजनिक भएपछि बेलायतको गृहमन्त्रालयले प्रहरीलाई यस विषयमा अनुसन्धान गर्न निर्देशन दिएको छ । गृहसचिव थेरेसा मेले बालबालिकाहरु घरेलु कामदारको रुपमा तस्करी भएको विषयलाई प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिएकी हुन् । भारतको पञ्जाबमा सक्रिय मानवतस्करहरुले नेपालबाट १० वर्षसम्मका बालबालिकाहरु ५ लाख भारुमा बेलायतका परिवारलाई बेच्ने गरेको रिपोर्ट द सन पत्रिकाले सार्वजनिक गरेको थियो ।
रिपोर्टमा नेपालका भूकम्प प्रभावित क्षेत्रका बालबालिका तथा भारतकै गरिब परिवारका बालबालिकाको तस्करी हुने उल्लेख छ । बालबालिकाको तस्करीलाई मेले ‘घृणित अपराध’ को संज्ञा दिएको बेलायती अनलाइन गार्जियनले लेखेको छ । उनले राष्ट्रिय अपराध एजेन्सीलाई पत्रिकाको रिपोर्टबारे अनुसन्धान गर्न निर्देशन दिएको उल्लेख छ ।
उनले पत्रिकालाई रिपोर्ट प्रहरीलाई प्रदान गर्न आग्रह गर्दै दोषीमाथि कडा कारवाही हुने प्रतिबद्धता जनाएकी छिन् । ‘संसारको कुनै पनि क्षेत्रको बालबालिकालाई उनीहरुको परिवारबाट अलग गरेर कामदारको रुपमा प्रयोग गर्न दिइनेछैन,’ उनको भनाई उद्धृत गर्दै गार्जियनले लेखेको छ । सनको रिपोर्टमा दुःखमा परेका बालबालिकाहरुलाई बेलायतको धनी परिवारमा घरेलु कामदारको रुपमा बेचिएको छ । अन्डरकभर रिपोर्टरले सार्वजनिक गरेको समाचारमा भारतको मख्खन सिंह नाम गरेका दलालले बेच्ने गरेको उल्लेख छ । अन्डरकभर रिपोर्टरलाई दलालले ५ लाख रुपैयाँ माग गर्दै नेपाली बालबालिकाहरु घरमा काम गर्नका लागि सबैभन्दा उत्तम हुने बताउँदै यसअघि पनि कयौं बालबालिका आफूले बेलायत पठाइसकेको दाबी गरेका थिए । सन् २०१५ मा जारी गरिएको रिपार्टमा अझै पनि लाखौं मानिस मानवतस्करीको शिकार बन्दै दासको रुपमा काम गर्न बाध्य भएको उल्लेख गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
-
दुर्गा प्रसाईंको कार्यक्रममा दुई महिलाले आत्महत्या गर्छु भनेपछि....
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण