शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भानुआटुमा ६.९ रिक्टर स्केलको भूकम्प

बुधबार, २४ चैत २०७२, १९ : २७
बुधबार, २४ चैत २०७२
सिड्नी - भ्यानुआटु द्वीपमा बुधबार ६.९ रिक्टर स्केलको भूकम्प गएको छ । भानुआटुको यसै हप्ता गएको यो दोस्रो शक्तिशाली भूकम्प हो । गत आइतबार पनि त्यहाँ ६.९ रिक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पपछि सुनामीको चेतावनी भने दिइएको छैन । यस भूकम्पको केन्द्रविन्दु राजधानी भिलाबाट करिब ४४२ किलोमिटर उत्तर उत्तरपश्चिम क्षेत्रमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ । यस भूकम्पको विषयमा विस्तृत विवरण भने प्राप्त भएको छैन् । यस भूकम्पबाट हालसम्म मानवीय एवम् भौतिक सम्पत्तिको क्षतिको भने कुनै पनि विवरण प्राप्त नभएको जनाइएको छ ।भानुआटुमा बारम्बार भूकम्पको प्रकोपले सताउने गरेको पाइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप