शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महिला क्रिकेटमा सशस्त्र विजयी

बुधबार, २४ चैत २०७२, २० : ०१
बुधबार, २४ चैत २०७२

काठमाडौँ– ‘प्रथम इन्डो–नेपाल महिला क्रिकेट प्रतियोगिताअन्तर्गत सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ ।

लतितपुरस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसको मैदानमा आज भएको खेलमा एपिएफले आयोजक ‘राइजिङ क्रिकेट फर ओमेन्स’लाई ७४ रनले पराजित गर्दै विजयी भएको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले ३९.१ ओभरमा सबै विकेट गुमाएर १८७ रनको चुनौती पेस गरेको थियो । जवाफी ब्याटिङमा आएको राइजिङले ३१ ओभरमै सबै विकेट गुमाएर १३३ रनमात्र बनाउन सक्यो ।

एपिएफलाई जित दिलाउन रुविना क्षेत्रीले ६०, करुणा भण्डारीले २४ र सीता रानामगरले २३ रनको योगदान दिए । त्यस्तै, रुविनाले पाँच तथा सीताले दुई विकेट लिएपछि राइजिङ लक्ष्यमा नपुगी अलआउट भयो ।

राइजिङका ममता चौधरीले ५१, नेरी थापाले १८ रन र पाँच विकेट लिए पनि त्यो टोलीको जितका लागि पर्याप्त भएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप